काठडमाडौं, १९ मंसिर । क्रोएशिया लैजाने भन्दै सुर्खेतका रिदमभनिने कृष्णबहादुर रानामगरले १२ करोडभन्दा धेरै रकम ठगी गरेको भन्दै पीडितहरु न्यायको याचनागर्दै मिडियामा आएका छन् । विभिन्न सरकारी निकाय, प्रहरी प्रशासनआफूहरु ठगिएको प्रमाणसहित पटक पटक धाउँदा पनि न्याय नपाएको भन्दै पीडितहरुले आफूहरु यति वेला मर्नु न बाँच्नुको अवस्थामा रहेको पीडा सुनाए ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेल नगर्दै उनीहरुले आफूहरुलाई ठग्ने रिदम भनिने कृष्णबहादुर राना मगरको ठूलो गिरोह नै सक्रिय भएकोले आगामी दिनमा आफूहरु जस्तै अरू कोही पनि नठगिउन् भनेर र ती ठगहरुलाई यथाशक्य चाँडो पक्राउ गरी कारबाही गर्नको लागि मिडिया मार्फत राज्य माथि दबाब सिर्जर्ना गर्नको लागि पत्रकार सम्मेलन गर्न बाध्य भएको स्पष्ट पारे ।
रिदम भनिने कृष्णबहादुर रानामगरको गिरोहबाट ठगिने १५० जनाभन्दा धेरै रहेको खुलेको छ । जसमा अधिकांश युवा-युवतीहरु दोलखाका रहेका छन् । दोलखाका धेरै युवाहरु ठगिनुमा सोही जिल्लाका गोकुल बहादुर कार्की कारण रहेको खुलेको छ । ती झण्डै ७० वर्षकागोकुल दोलखाको गौरी शंकर गाउँपालिकाका स्थायी वासिन्दा हुन् । उनी आँफै पत्रकार सम्मेलनमा उपस्थित् थिए । रिदमले तिनै गोकुल बहादुर कार्कीको सोझोपनको फाइदा उठाएको खुलेको छ । गोकुलले नै दोलखाका अधिकांश आफ्नो नाता पर्नेहरुको पासपोर्ट भेलाआएर रिदमलाई बुझाएको र सो सँगै नगदै रकम पनि बुझाएको खुलेको छ ।
पत्रकार सम्मेलनमा गोकुलले रिदमसँगको सुरुवाती चरणको चिन जानबारे यसरी प्रकाशपारे–‘रिदमभन्ने भाईले, उसँग गोंगबु भन्ने चोकमा भेट भएको हो । सुरुमा फोन पाईयो, त्यसपछि उसले क्रोएशियाको काम गरौं बुवा भन्यो । म भटाभट काम गर्छु भनेर भन्यो । तपाईंका नाता-गोता, छोराछोरी छन् भने म क्रोएशिया पठाई दिन्छु भन्यो । एक सालजति कुराकानी गरें । एक वर्षपछि उसैले फोन गर्यो । तपाईं कहाँ हुनुहुन्छ भनेर फोन गर्यो । रिदमभन्ने कृष्णबहादुर रानामगर र बबिनतामाङले हामीलाई ठग्ने जालो बुनेको रहेछ ।
सुरुमाउसले मोवाइलमाभिसा पठायो । पछि टिकट भयो भन्छ ।पैसा बुझाईयो । एक करोड रुपैयाँ ११ लाख पैसा बुझाईयो । अहिले सम्म पासपोर्ट पनि छैन् । मान्छेपनि छैन् । सहकारीमा ऋण काढेर ल्याएकाहौं । दसैंपनि राम्रो मान्नपाएनौं । यो मान्छेलाई जहाँ भेटेपनि पक्राउ गरेर राज्यलाई बुझाउनुहोला ।’
उनले आफूसँग भिसामात्रै नभएर जहाजको टिकटपनि भयो अबकाम भैहाल्छ भनेर बोलेको आवाजको रेकर्ड पनि सुरक्षित रहेको सुनाए । तर, पछि रिदमले आफूहरुलाई नक्कलीभिसाबनाएर ठगी गरेको खुलासा भएपछि छाँगाबाट खसेजस्तै भएको कार्कीको भनाई छ । उनले रिदम भनेर चिनिने कृष्णबहादुर राना मगरको घर सुर्खेत स्थायी घर हो अरे भन्ने सुन्नमा आएको सुनाए ।
उनका अनुसार दोलखा जिल्लाबाट मात्रै रिदमले २ करोड रुपैयाँ पैसा असुली गरेको रहेछ । रिदमबाट अहिलेसम्मक्रोएशियाजाने नाममा १५० जना ठगिएको पीडितहरुले सुनाए । रिदमले आफूहरुसँग जनही ७ देखि ९ लाखको दरले रकम असुली गरेको छ । ठगिएका १५० जनामध्ये ६० देखि ६५ जना नियमित सम्पर्कमा छन् । आजको पत्रकार सम्मेलनमा २५ जना भेला भएका थिए । पीडितहरुले आफूहरुसँग रिदम र उनको गिरोहलाई पैसा दिएको बैंक डिटेल सबै सुरक्षित रहेको पनिदाबी गरेका छन् ।
आफूहरु यसरी ठगिएको धेरै लामो समय भएको र न्यायको लागिविभिन्न सम्बन्धित ढोकाहरु ढक्ढक्याउँदापनिकुनै सुनुवाई नभएकोमा उनीहरुले चिन्ताव्यक्त गरे । यो ठगी प्रकरणमा पनिमुख्य ठग रिदमले आफूलाई बचाएर अरुलाई फसाउनेगरि काम गरेको उनीहरुको भनाई छ । रिदमले नगद आफू बुझ्ने भएपनि बैंकिङ च्यानल मार्फत हुने कारोबारमा भने आफ्ना मान्छेहरु मार्फत कारोबार गरेको छ ।
सिमावाईबा रिदमले आफ्नी श्रीमतीभनेको व्यक्ति मार्फत कारोबार गरिएको केही पीडितले सुनाए । यस्तै, रिदमको गिरोहमामिनाकुमारी पुन मगर, देवीलामा, ओम कुमारी खपांगी पनि सक्रियथिए । उनीहरुविरुद्ध अदालतबाट पक्राउपुर्जी जारी भएपनिअहिलेसम्मपक्राउनगरिएकोमाभने पीडितहरुले आक्रोश पोखे ।
पीडितहरुले यसरी युवाहरुको सपना र पैसामाथि खेलबाड गर्ने ठगले प्रहरी–प्रशासनलाई पनिमिलाएको आफूहरुलाई शंकालागेको सुनाए । पीडितहरु मध्येका दोलखा स्थायी घर भएका सुजन शाहीले आफ्नो ७ लाख ५० हजार खाएकोमा ६ लाख २५ हजार उठ्न बाँकी रहेको सुनाए । पत्रकार सम्मेलनमा पीडितहरु बलराम पराजुली, प्रसन्न खड्का, राधेश्यामथापा, प्रकाश थापा लगायतले बोलेका थिए । उनीहरुले आफूहरुलाई न्याय चाहिएको र अरु पनि आफूहरु जस्तै नठगिउन् भनेर आजको पत्रकार सम्मेलन गरेको स्पष्ट पारे ।