आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

बाह्रबिसे नगरपालिका-८ दमैटोल बस्ने ४५ वर्षीय लोक बहादुर नेपालीको सोमबार राति आगोले जलेर मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा जलेर उनको घट्नास्थलमै मृत्यु भएको हो ।

आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएको छ भने घर जलेर पूर्ण रूपमा क्षति भएको छ । उनका दुई छोराछोरीको सकुशल उद्दार गरिएको छ । प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस
सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया