दुई महिनामा २२ मोटरसाइकल चोरी

बाँकेमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना वृद्धि हुँदै गएको छ । मोटरसाइकल चोरीका घटना वृद्धि हुँदै गर्दा प्रहरीले त्यसको रिपोर्ट गर्ने बाहेक खोजी कार्यमा तदारुखता नदेखाएको भन्दै आलोचना समेत हुने गरेको छ । 
खुला सीमाना भएकाले चोरीका मोटरसाइकल खरिद बिक्री हुने गरेको आशंका छ । बाँकेबाट चोरिएका मोटरसाइकल विगतमा पहाडि जिल्लामा लगेर बिक्री गरेको समेत प्रहरीले फेला पारेको थियो । 
केही दिन अघि मात्रै बाँके प्रहरीले चोरी भएको मोटरसाइकल रंग परिवर्तन गरेर चलाएको अवस्थामा दुई जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । व्यस्त बजार तथा घरमा पार्किङ्ग गरिएको मोटरसाइकल चोरीको उजुरी प्रहरीमा पुग्ने गरेको हो । 

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पछिल्लो दुई महिना यता मात्रै बाँकेमा २२ वटा मोटरसाइकल चोरीका घटना भएको जानकारी दिए । ‘सो मध्ये ७ वटा मोटरसाइकल सहित मोटरसाइकल चोरीमा संलग्न ७ जना लाई पक्राउ गरि कारबाही गरिएको’, प्रहरी नायब उपरीक्षक डाँगीले भने, ‘तीन वटा मोटरसाइकल वेवारिसे अवस्थामा फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाइएको छ ।’

चोरीको मोटरसाइकल सहित पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले मोटरसाकल सहित चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । 
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार, शनिबार नेपालगन्ज–१८ बाट डुडुवा गाउँपालिकाको नाममा रहेको भे १ व १७९६ नम्बरको मोटरसाइकल चोरीको सूचना पाएपछि खोजी गर्दा भारतीय नागरिक मोटरसाइकल सहित पक्राउ परेका हुन् । 

नेपालगन्ज कारकाँदो बस्दै आएका भारत बहराइचका अमन श्रीवास्तव मोटरसाइकल सहित फेला परेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया