फूलखेतीलाई प्रोत्साहन गर्न कृषकको माग

भावुक योगी
देशभरका अन्य ठाउँमा जस्तै बर्दियामा पनि चाडपर्व तथा विभिन्न कार्यमा प्रयोग गरिने प्राकृतिक फूलखेती पछिल्लो समय फस्टाउदै गएको छ । बर्दियामा पनि पछिल्लो समय फूलखेती तर्फ आकर्षित भएका छन् । तिहार जस्ता चाडपर्व लगायत विभिन्न कामका लागि प्रयोगमा आउने फूलखेती पछिल्लो समय बर्दियामा पनि विस्तारै फस्टाउन थालेको छ ।
सिमानाकाबाट अवैध रुपमा आउने फूलमालाका कारण नेपाली कृषकहरुले उत्पादन गरेको फूलले बजार पाउन समेत मुस्किल हुने गरेको फूलखेती गरिरहेका कृषकको गुनासो छ ।

विगतका केहि वर्षदेखि नेपालमा पर्याप्त मात्रामा फूल नपाइने र बर्षैपिच्छे प्राकृतिक तथा कृतिम प्लास्टिकका लाखौँको फूलमाला छिमेकी देश भारतबाट आउने गरेकोमा यस वर्षदेखि केहि पालिकाले प्लास्टिकका फूलमाला बिक्री गर्न प्रतिबन्ध लगाएको छ । गुलरियाको खैरीगाउँ, ठाकुरबाबाको भुडकैया गाउँसहितका विभिन्न गाउँमा फूलखेती गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

सुदुरपश्चिम विश्वविद्यालयमा ब्याचलर एग्रिकल्चर पाँचौ सेमिस्टारमा पढदै कमाउदै फूल खेतीमा समयको व्यवस्थापन मिलाई उहाँले फूलखेती गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । कृषि शिक्षा अध्ययन गरेपछि आफु पनि कृषिको विद्यार्थी र अन्यत्र ठाउँहरुमा गरिएको फूलखेती समेत फस्टाउँदै गएको थाहा पाएपछि आफ्नो ठाउँमा पनि गर्न सकिने भन्दै गत वर्ष ४ कठ्ठा जग्गामा फूलखेती गर्दा राम्रो आम्दानी भएपछि यस वर्षदेखि उहाँले एक विघा जग्गामा फूलखेतीमा सुरु गर्नुभएको छ ।


फूलखेती गर्नका लागि छोरी उत्साहित भएपछि गत वर्ष ४ कठ्ठा जग्गामा लगाएको र यस वर्ष भने एक विघामा १ लाख २० हजारसम्मको लागानीमा फूलखेती गरेको पार्वतीक बुवा रामचरण थारुले बताउनुभयो । अन्य खेतीको तुलनामा लगानी कम लाग्ने, फाईदा बढी हुने र मिहनेत पनि कम गर्नुपर्ने भएकाले आफुहरु फूलखेतीमै रमाएको उहाँको भनाई छ ।

पार्वती थारुले भने यस वर्ष अझैँ धेरै फूलखेती गर्नु भएको छ । विगतका वर्षदेखि नेपालमा पर्याप्त मात्रामा फूल नपाइने र बर्षैपिच्छे प्राकृतिक तथा कृतिम प्लास्टिकका लाखौँको फूलमाला छिमेकी देश भारतबाट आउने गरेको छ । सिमानाकाबाट अवैध रुपमा आउने फूलमालामा सरकारले कडाई गर्नुपर्ने, विभिन्न कार्यक्रमहरुमा पाहुनालाई स्वागत सम्मान गर्दा प्लाष्टिकका फूलमाला र खादा भन्दा नेपालमै उत्पादित फूलको गुच्छा वा फूलमाला लगाई पाहुनाहरुलाई स्वागत सम्मान गर्ने सोँचका साथ बानीको विकास गरेमा फूलखेतीमा राम्रो सम्भावना रहेको पार्वती थारुले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिका ८ भुडकैया गाउँका दिवाकर नेपालले पनि यसै वर्षदेखि एक विघा जग्गामा व्यवसायिक फुलखेती गर्नुभएको छ । तिहार नजिकिएसंगै फूल किन्न आउनेको भिँड लागेको उहाँले बताउनुभयो । ‘बर्दियासहित बाँकेको नेपागन्जसम्म फूल लिएर बेच्न लगेका छौँ, व्यवसायिक रुपमा सुरु गरिएको फूलखेतीबाट राम्रो आम्दानी हुने विश्वास छ, तर बारीमा फूल अझैँ धेरै छ बिक्रि हुन सकेन भने घाटा हुने हो कि भन्ने पनि चिन्ता छ,’ उहाँले भन्नुभयो ।


बर्दियाको सदरमुकाम गुलरिया र ठाकुरबाबामा जस्तै बारबर्दिया र राजापुर नगरपालिका क्षेत्रका गाउँमा पनि कृषकहरुले थोरै क्षेत्रफलमा भएपनि फूलखेती सुरुवात गरेका छन् । गतवर्ष बर्दिया गुलरियाको खैरीगाउँ र मधुवन नगरपालिकाको माचड बेलुका चोकमा उदय वन नर्सरी तथा माया नर्सरीमा फूलखेती गरिएको थियो । जग्गा भाडामा नपाउँदा यस वर्ष फूलखेती गर्न नसकिएको उदय वन नर्सरीका संचालक विष्णु योगीले बताउनुभयो ।


ठाकुरबाबा नगरपालिकामा गत वर्षदेखि खादा, ब्याच र प्लास्टिकजन्य सामान तथा फूल प्रतिबन्ध गरिएको र यस वर्षदेखि प्लास्टिकका फूलमाला आफ्नो पालिकामा पुर्ण रुपले प्रतिबन्ध गरिएको छ, यसै वर्षदेखि फूल तथा फूलका विरुवा उत्पादनका लागि पुष्प खेती गर्न प्रोत्साहन स्वरुप कृषकहरुलाई पुष्प खेतीमा लगानी गर्ने योजना रहेको उपमेयर विना कुमारी भट्टराईले बताउनुभयो ।


तिहारकै लागि फुलमाला पुर्याउने उद्देश्यले गरिएको फूलखेती तिहारका लागि तयार छ । रहर लाग्दो, फूलबारीमै घुमीरहुँ, फूलहरुलाई हेरीरहुँ, खेलाइरहुँ अथवा चुमीरहुँ जस्तो मनमोहक र आर्कषक भईसकेको छ । जो कोहीले पनि हेर्न, घुम्न र तिहार जस्ता चार्डपर्व वा अरुबेलाका विविध कार्यक्रमका लागि फूल वा माला प्लाष्टिकको होईन प्राकृतिक फूलमाला मात्रै प्रयोग गरौँ ।
विभिन्न कार्यक्रमहरुमा पाहुना अतिथिहरुलाई स्वागत सम्मान गर्दा प्लाष्टिकका फूलमाल र खादाको प्रयोग गर्नुभन्दा नेपालमै उत्पादित प्राकृतिक ताजा फूलको गुच्छा र पूmलको मालाले स्वागत सम्मान गरेमा नेपाली उत्पादनले राम्रो बजार पाउने देखिन्छ । अन्य खेतीको तुलनामा लगानी कम लाग्ने फाइदा पनि बढी हुने र मेहनत पनि कम लाग्ने भएका कारण पछिल्लो समय फूलखेतीमा कृषकहरुको आकर्षण बढेको देखिन्छ ।

स्थानीय, प्रदेश र संघीय सरकारले स्वदेशमै उत्पादित नेपाली फूलको व्यावसायिकता बढाउन आयातित फूल बन्द गरि फूलखेतीमा लागेका कृषकहरुलाई प्रोत्साहन गर्न तथा विदेशिने युवाहरुलाई विभिन्न्न स्वरोजगार र राहतमुखि योजना ल्याउन तर्फ ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया