बर्दिया राष्ट्रिय निकुञ्ज भित्र घाइते अवस्थामा फेला परेको पाटे बाघकाे उद्धार

भावुक याेगी

बर्दियाको ठाकुरबाबा नगरपालिका २ कर्मला नजिक पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट घाइते अवस्थामा फेला परेको पाटे बाघकाे उद्धार गरिएको छ ।

पछिल्लो भाग र पछाडिका खुट्टा समेत टेक्न नसक्ने घिस्रिएर मात्रै घाइते अवस्थामा रहेको पोथी पाटे बाघ रेखदेख लगायत उपचारका लागि उद्धार गरिएको  निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रि विनाेद दाहालले जानकारी दिनुभयो ।

स्थानीयहरु निकुञ्ज भित्र घाँस दाउरा लिन जाने क्रममा देखेपछि निकुञ्जमा खबर गरेका हुन् । राष्ट्रिय प्रकृति संरक्षण काेष र निकुञ्जको टाेलीले खाेजि गर्ने क्रममा निकुञ्ज भित्र घिस्रिदै हिँड्दै गरेको पोथी पाटे बाघलाई डार्ट अर्थात लठ्याउने सुइ हानेर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले बताउनुभयाे । 

झण्डै १३ वर्ष उमेर पुगेको पोथी पाटे बाघ सन् २०१३ को बाघ गणनाका क्रममा क्यामेरा ट्रयापिङ हुँदा परेवा ओडार क्षेत्रमा तस्बिर कैद भएको थियो । 

गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नामक पाटे बाघलाई राख्ने ठाउँ नभएपछि तत्कालका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पुरानाे खोरमा राखिएको सहायक संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटेबाघ मध्ये २ वटा रम्मापुर पाेष्ट र ३ वटा बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वाराका खोरमा गरी ५ वटा पाटेबाघ राखिएका छन् । 

बर्दियामा नियन्त्रणमाा लिइएका बाघ राख्नका लागि उपयुक्त स्थान नभएपछि समस्या आउने गरेको छ । 

यस्तै निकुञ्ज किनारका गाउँबस्तीमा प्रवेश गरि पशु चाैपायालाई आक्रमण गरि आतंक मच्चाउने एउटा चितुवालाई पनि राष्ट्रिय प्रकृति संरक्षण काेष र निकुञ्जको टाेलीले नियन्त्रणमा लिएकाे निकुञ्ज प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया