नाना–चाचामा कोक्रोमासँगै भाइ मसला

नेपालगन्जमा जैविक कपडा (कोक्रोमा)को उत्पादनहरू विक्री वितरण गरिहेको नाना–चाचाले तिहार विशेष भाइ मसला तयार पनि बजारमा पठाएको जनाएको छ ।


वडादसैँको अवसर पारेर अनलाइनमार्फत कोक्रोमाको विक्री वितरण सुरु गरेकी नेपालगन्ज १० भृकुटी नगर निवासी महिला उद्यमी नीता जीसी (मल्ल) ले भाइटिकाका लागि आवश्यक भाइ मसला तयार गरि बजार पठाएकी हुन् ।

‘नाना चाचाले यो दीपावली जम्प सुटको लागि पनि १० प्रतिशत छुट सहितको कारोवार गरिरहेको छ,’ परिणाममुखी काम गरिरहेको प्रतिक्रिया दिंदै उनले बालबालिकाका लागि उत्पादन गरिएका कोक्रोमाको फ्रेन्चाइच उत्पादनहरू अपेक्षित बजार पाउने विश्वास गरिन् ।


सानो लगानीबाट शुरु गरिएपनि विश्वास जित्दै अगाडी बढ्न समय लाग्ने कुरामा उद्यमी जीसी ढुक्क छिन् । ‘मेरो श्रीमान् गजेन्द्र मल्लको प्रेरणाले मलाई यसरी मैले महिला सशक्तीकरण सिर्जना गर्दै उत्पादनमा जोड दिन थालेकी थिएँ,’ जीसीले आफुले हालै सुरु गरेको कारोबारबारे भन्छिन्, ‘पिछडिएका महिलाहरूलाई रोजगारीसँग जोडेर म महिलाहरूले आफ्नो ज्ञान र सीपहरू अमूर्त र मूर्त तर सकारात्मक नतिजाको माध्यमबाट महत्वपूर्ण योगदान गर्न सक्छन् भनेर प्रमाणित गर्न चाहन्छु ।’

कोक्रोमा नेपाली बालबालिकाको एउटा कपडा ब्रान्ड भएको जानकारी दिंदै जीसीले जेल जीवन बिताइरहेका कैदी महिलाहरू तथा सीमान्तकृत महिलाहरूले बुनेका कपडाहरू यस ब्रान्डमा प्रयोग गरिँदै आएको बताइन् । नाना चाचाले कपासद्वारा कारीगढहरूको हस्तनिर्मित सीप र कडा परिश्रमबाट उत्पादन गरिएका बालबालिकाको कपडा उत्पादन र बजारीकरण गर्ने कार्य गर्दै आएको जनाएको छ ।


‘अहिले काठमाडौँमा मात्र उत्पादन गरिए पनि अब बिस्तारै सेवा विस्तार गरेर नेपालगन्जमा पनि उत्पादन गर्ने मेरो योजना हो,’ जिसी भन्छिन्, ‘पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरेर जाडो तथा गर्मी सबै सिजनका कपडाहरू उत्पादन गरी विक्री वितरण गर्ने काम गरिरहेका छौं ।’ कोक्रोमाको उत्पादनहरू रसायन र एलर्जीहरूको जोखिम कम गर्ने खालका जैविक कपडाहरू भएकोकाले बालबालिकाका लागि उपयुक्त हुने उनको भनाइ छ ।


यो तिहारबाट भाइ मसला उत्पादन गरेको नाना–चाचाले आगामी दिनमा बालबालिकाको पास्नी र न्वारानको लागि कम्बो उपहार प्याक र पोषणयुक्त आहाराका सेवा सञ्चालन गर्ने जनाएको छ ।


‘बजारमा सस्तो चाइनिज प्लास्टिक बेबी कपडाहरू र भारतीय आयातहरू बजारमा बेचिन्छन्, म साँच्चै कोक्रोमा स्थानीय बेबी कपडाको ब्रान्डबाट प्रेरित भएकाले नाना–चाचा सुरु गरेकी हुँ,’ उद्यमी जीसी भन्छिन्, ‘हामीले उत्पला भ्रमण गर्दा हाम्रो बच्चाको लागि कोक्रोमा बौद्धमा यो ब्रान्ड किनेका थियौँ, त्यहीँ यसबारे योजना बनाउन थालें ।’

राजधानी काठमाडौंमा रहँदा कोक्रोमा ब्रान्डकी संस्थापक श्रीमती रेवन्ती गुरुङसँग जोडिएको प्रसंग सम्झँदै चाचा–नानाका सञ्चालक जीसीका श्रीमान गजेन्द्र मल्लले दैनिक नेपालगन्जसँग भने, ‘हामीले यस ब्रान्डको गहिरो कथालाई उजागर गर्ने मौकाका रुपमा चाचा–नानाको सञ्चालन हो भन्ने लाग्छ ।’

उनी भन्छन्, ‘श्रीमति नीतासँगै म प्रेरित छु, उत्साहित छु जहाँ कैदीहरूलाई रँगाई र बुनाएको तालिम दिइन्छ, तिनीहरूको सीप, तिनीहरूले रिहा गर्दा उपयोग गर्न सक्छन्, साथै तिनीहरूले आफ्नो कामको लागि भुक्तानी प्राप्त गर्न सक्छन् ।’

प्रतिक्रिया

प्रतिक्रिया