प्लाष्टिकका माला जफत गर्दै ठाकुरबाबा

भावुक याेगी

बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगर क्षेत्रका मुख्य बजारमा अनुगमन गर्दा १३ वटा पसलबाट १ सय १२ दर्जन अर्थात १ हजार ३ सय ४४ वटा प्लास्टिक फूलका माला जफत गरेको छ ।

जफत गरिएका प्लास्टिक फुूलका माला ३० रुपैँयादेखि ७० रुपैयाँसम्म बिक्रि भईरहेको झण्डै ८० हजार मुल्य बराबरका रहेको अनुगमन टोलीका सदस्य धु्रवराज बमले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाका मुख्य बजार भुरीगाउँ, ठाकुरद्धारा, बकुवाका १३ वटा पसलमा शुक्रबार दिउँसो अनुगमन गर्दा बिक्रि गर्न राखिएका झण्डै ८० हजार मुल्य बराबरकाा १२ दर्जन अर्थात १ हजार ३ सय ४४ वटा प्लाष्टिक फूलका माला जफत गरेको उहाँले बताउनुभयो ।

प्लास्टिक फूलका माला बिक्री नगर्न नगरपालिकाले सुचना निकालेपनि प्लास्टिक फूलका माला बिक्रि वितरण भइरहेको भन्ने गुनासो आएपछि अनुगमनमा गएको हो ।

नगरपालिकाले गत वर्षदेखि औपचारिक कार्यक्रममा खादा तथा ब्याच नलगाउने गरेकोमा यस वर्ष तिहार लक्षित प्लास्टिकका माला बिक्री नगर्न अनुरोधसहित सुचना निकालेको प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

अनुगमनको पहिलो चरणमा शुक्रबार प्लास्टिकका माला मात्रै बरामद गरिएको छ तिहारको भाइटिका भन्दा एकदुई दिन अघि फेरि पनि अनुगमन गर्ने त्यतिबेला पनि प्लास्टिकका माला बिक्रि वितरण गरिएको पाईएमा माला बरामदसंगै जरिवाना लिने अनुगमन समितिका संयोजक इन्द्र बहादर राजबंशीले जानकारी दिनुभयो ।

प्लाष्टिकजन्य सामग्रीले वातावरणमा असर पर्ने र बाहिरि देशमा आर्थिक निर्यात भएकाले पनि प्लास्टिकका माला आफ्नो पालिकामा प्रतिबन्ध लगाईएको ठाकुरबाबा नगरपालिकाकी उप प्रमुख विना कुमारी भट्टराईले बताउनुभयो ।

अघिल्लो वर्ष स्थानीयबासी तथा फूल उत्पादनमा प्रेरित व्यवसायीले गुनासो गरेपछि अहिले आफैले निति तथा कार्यक्रम ल्याएरै यस वर्षदेखि प्लास्टिकका माला आयात र बिक्रिमा प्रतिबन्ध लगाईएको उहाँले बताउनुभयो । 

अनुगमनमा सचेत गराइएका केही व्यापारीहरुबाट माला जफत गरेको र यसलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

प्लाष्टिकजन्य सामग्री नेपाल बाहिरबाट आयात हुने र अर्थतन्त्र बाहिरिने तथा मानव जीवनमा समेत नकरात्मक प्रभाव पर्ने भएकाले रोक लगाइएको नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो । 

प्लाष्टिकजन्य फुलका माला विक्री वितरणमा रोक लगाउँदा स्थानीय फुलले बजार पाउने भएपछि फूल उत्पादन गर्ने कृषकसंगै स्थानीयबासी खुसि भएका छन् भने र यसले वातावरणमा पार्ने नकरात्मक प्रभावलाईसमेत कम गर्ने स्थानीयले जनाएका छन् ।

यस वर्षको तिहारमा प्लाष्टिक फूलका माला बिक्रिमा ठाकुरबाबा नगरपालिकाद्धारा राेक,  गाउँघरमै फुलेका फूलको माला प्रयोग गर्न अनुरोध

बर्दियाको ठाकुरबाबा नगरपालिकाले यस वर्षको तिहार पर्व लक्षित प्लाष्टिक फूलका मालाको आयात तथा बिक्री वितरणमा रोक लगाएको छ । ठाकुरबाबा नगरपालिकाले यस वर्षदेखि प्लाष्टिक फूलका माला आयात र बिक्रि वितरण गर्न नदिने र प्रयोग नगर्न तथा नगराउन पनि आग्रह गरेको हो ।

यस वर्षको तिहारमा गाउँघरमै फुलेका फूलको माला बनाएर प्रयोग गर्न नगरपालिकाले नगरबासीहरुमा अनुरोध गरिएको उपप्रमुख विना कुमारी भट्टराईले बताउनुभयो । नगरपालिका क्षेत्रका बजारहरुमा प्लास्टिक फूलका माला बिक्रि भएको पाईएमा जफत गरि कारबाही गरिने उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रममा प्लाष्टिकजन्य बस्तुहरुलाई निरुत्साहित गर्दै लैजाने निती समेत लिएकाले नगरपालिका अन्र्तगत रहेका सबै सरकारी तथा गैर सरकारी कार्यालय, उद्योगी, व्यवसायीसहित सम्पुर्ण नगरवासीहरुलाई तिहार र छट पर्वमा प्लाष्टिक फूलका माला बिक्रि वितरण गर्न नपाईने साथै प्रयोग नगर्न, नगराउन नगरपालिकाले सुचना प्रकाशित गरेको थियो ।

नगरपालिका प्रशासनले दश दिन अघि प्रकाशित गरेको सुचनालाई अटेर गरि प्लाष्टिक फूलका माला र पुष्प सामग्रीहरु आयात तथा बिक्रि वितरण गरेको पाइएमा नियमाअनुसार कारबाही गरिने चेतावनी दिएको छ । प्लाष्टिकजन्य माला, फूलका गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा यस वर्ष तिहार पर्व लक्षित कार्तिक १५ गते ठाकुरबाबा नगरपालिकाले सुचना प्रकाशित गरेर रोक लगाएको हो ।

प्लाष्टिकजन्य सामग्रीले यस क्षेत्रको वातावरणमा असर परेको पर्ने भएकाले र चाडपर्वमा प्लाष्टिकजन्य फुलहरुको ब्यापार बढि हुने भएकाले प्लास्टिकका माला प्रतिबन्धसंगै अनुगमन गरेर बिक्रि गर्न राखिएका प्लास्टिक फूलका माला जफत गरिनेको उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक विना कुमारी भट्टराईले बताउनुभयो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरि २०७९ साउनदेखि राजपत्रमा सुुचना प्रकाशित गरेपछि सोही प्लाष्टिकजन्य फुलका माला, गुुच्छा उत्पादन आयात, बिक्री वितरण वा भण्डार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ को दफा २२ को उपदफा ४ को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरिक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया