नेपालगन्जमा खेल पर्यटनको पर्याप्त सम्भावना

नेपालगन्जलाई धेरै कुरामा हब बनाउने कुरा भइरहेको हुन्छ । इभेन्टको सहरका रुपमा पनि प्रस्तुत गर्ने प्रयास बेलाबेला हुने गरेको छ । नेपालगन्जलाई खेलकुदको सहर त भनिएकै हो, सद्भावको सहर नेपालगन्जको ब्राण्डनै हो । पर्यटनका क्षेत्रमा नेपालगन्जले गरेको लगानी बेहिसाब छ । यो सबै बीचमा नेपालगन्जको भविष्य कसरी राम्रो हुन्छ धरै तर्फबाट सोंचिएको छ । पहल गरिएका छन् ।


यसैबीच, एउटा इभेन्ट नेपालगन्जमा आज शनिवार गरिंदैछ । प्रदेश स्तरीय पौडी प्रतियोगिता । निरन्तरता र भव्यतामा जाने हो भने हेर्दा सामान्य लाग्ने यसको दीर्घकालीन प्रभाव साँच्चिकै राम्रो हुन्छ, नेपालगन्जका लागि । दैनिक नेपालगन्जले त्यसैको सेरोफेरोमा संवादगन्ज गरेको छ, आयोजक नेतृत्वसँग ।


नेपालगन्ज स्वीमिङ्ग क्लब गठन गरेर इभेन्टको नेतृत्व गरिंदैछ । सम्भवत क्लब मार्फत स्वीमिङ्गका गतिविधि निरन्तर अघि बढ्छन् नै हामी त्यसको अपेक्षा पनि गर्छौ । त्यसका लागि नेपालगन्ज स्वीमिङ्ग क्लबका अध्यक्ष केशवराज न्यौपानेसँगको संवाद आजको विशेष ।

तपाई पर्यटन व्यवसायी, कहाँबाट इभेन्ट तिर लाग्नु भयो, त्यो पनि पौडी प्रतियोगिता ?
हाम्रो पौडीसँगको छुट्टै एउटा इन्टिमेसी छ, मेरो आफ्नै हिसाबले भन्ने हो भनेपनि । र, पौडी अथवा जुनसुकै गेम पनि एउटा परिवर्तनका लागि समाजलाई जोड्नका लागि अपरिहार्य कुरा हो । नेपालगन्जमा धेरै हिसाबले स्वीमिङ्गका लागि राम्रो ठाउँ हो । यहाँ ८÷९ महिना यहाँ पौडी खेल्न सकिन्छ ।


अर्को, काठमाडौं सातदोबाटो पछि इन्टरनेशनल लेभलको पौडी पोखरी यहाँ छ । त्यो हुँदा हुँदै पनि यहाँ किन इभेन्ट नहुने ? आठौं र नवौं राष्ट्रिय खेलकुदमा काठमाडौंलाई छाडेर हेर्ने हो भने सबैभन्दा धेरै खेलाडी जाने ठाउँ नेपालगन्ज हो । त्यो हिसाबले हेर्ने हो भने पनि यहाँ सम्भाव्यता छ, पौडी प्रतियोगिताका लागि पनि ।


खेलाडी उत्पादन गर्ने, प्रशिक्षण गराउने कुरामा हामी सुरु देखि लागिरहेका छौं । हामीले आफ्नै पोखरीमा पनि खेलाडी तयार गरेका छौं । तर, यो पोखरीले मात्रै सम्भव छैन । इन्टरनेशनल लेभलमा नेपालगन्जलाई चिनाउने अभियान अन्तर्गतको पहिलो चरणमा अहिले प्रदेशस्तरीय पौडी प्रतियोगिता आयोजना गरेका हौं ।


जहाँसम्म मेरो व्यवसायिक कुरा छ, पर्यटनका लागि पनि खेलकुद महत्वपूर्ण हो । जस्तै काठमाडौंमा क्रिकेट प्रतियोगिता हुँदा कतिजना नेपालगन्जबाट गएर पनि खेल हेर्नु भएको छ । अर्को उदाहरण, भारतको लखनउमा वल्र्डकप हुँदा यहाँका कतिजना मान्छे लखनउ पुगेर वल्र्ड कप हेरेर आइयो । त्यो एउटा पर्यटन नै हो । खेलले ल्याउने मुभमेन्ट पनि अवश्य नै पर्यटन हो ।

हाम्रो सोंच ठूलो नै । हामी स्वीमिङ्ग क्लब गठन गरेका छौं, त्यसले निरन्तरता पाउँछ भन्ने मलाई लाग्छ । हामीले दर्ता भएको तीन दिनमा गेम आयोजना गर्दैछौं । यसपछिका हाम्रा अझै ठूला उद्देश्य छन् ।

सपना देख्नुपर्छ । सपना नदेखी पूरा हुँदैन । हामीले यहाँ इन्टरनेशनल गेम पनि गर्न सक्छौैं । हामीसँग पूर्वाधार छ । हामीले प्रदेशस्तरीय प्रतियोगिता गरिसकेपछि एउटा नलेज बढ्छ । नेशनल गेम हामी बैशाख, जेठमा गर्ने योजना छ । नेशनल गेम गरिसकेपछि इन्टरनेशनल गेमको प्रयास गर्छौ ।

केशवराज न्यौपाने
अध्यक्ष, नेपालगन्ज स्वीमिङ्ग क्लब


हस्पिटालिटी क्षेत्र पनि केही मात्रामा त्यो बुझेको छ । यहाँ गेम हुँदाबाट बाहिरबाट मानिसहरु आउनुहुन्छ । त्यसले सबै क्षेत्रलाई लाभ पुग्छ । आर्थिक कारोवार र गतिविधि बढ्छ ।

खेलकुदमा धेरै आयोजना एक लभेलमा उठ्ने र निरन्तरता नपाउने अवस्था देखिन्छ । यसले कत्तिको निरन्तरता पाउला ?
हाम्रो सोंच ठूलो नै । मुख्यगरी टिम बाउन्डिङ्ग हुनुपर्छ । जसले सुरु गर्यो त्यसले नै मेहनत गर्ने हो । हामी स्वीमिङ्ग क्लब गठन गरेका छौं, त्यसले निरन्तरता पाउँछ भन्ने मलाई लाग्छ । हामीले दर्ता भएको तीन दिनमा गेम आयोजना गर्दैछौं । यसपछिका हाम्रा अझै ठूला उद्देश्य छन् ।


सपना देख्नुपर्छ । सपना नदेखी पूरा हुँदैन । हामीले यहाँ इन्टरनेशनल गेम पनि गर्न सक्छौैं । हामीसँग पूर्वाधार छ । हामीले प्रदेशस्तरीय प्रतियोगिता गरिसकेपछि एउटा नलेज बढ्छ । नेशनल गेम हामी बैशाख, जेठमा गर्ने योजना छ । राष्ट्रिय र प्रदेश स्तरीय पौडीसँग मिलेर प्रतियोगिता आयोजना गर्छौ । नेशनल गेम गरिसकेपछि इन्टरनेशनल गेमको प्रयास गर्छौ ।
अहिलेको आयोजना वार्मअप गेम पनि हो, आगामी दिनका आयोजनाका लागि । ५६ जना खेलाडी सहभागी हुँदै हुनुहुन्छ यसै पटक पनि ।

खेल पर्यटनको कुरा गरिरहँदा खेलमा कमी कहाँनेर छ ?
मुख्यगरी संरचना पर्याप्त छन् । पौडीकै कुरा गरौं, त्यत्रो पौडी पोखरी बन्यो, विडम्वना नै भन्नुपर्छ अहिलेसम्म कुनै गेम त्यो पौडी पोखरीमा भएको छैन । अहिले हामीले यो गेम गरौं भन्दा साथीहरुले त्यहाँ पानी सुकेकोछ, सम्भव छैन, होटलकै स्वीमिङ्ग पुलमा गरौं भन्ने सुझाव दिनुभयो । तर, यहाँ यत्रो संरचना छ । अहिले पौडी पोखरी सफा समेत हामी आफैले गर्दैछौं ।


नीतिगत समस्या छ । त्यहाँ रहेकाहरुमा पनि केही गरौं भन्ने देखिएन । हामीले देखाउन पनि चाहिरहेका छौं । पौडी पोखरी सफा पनि हुन्छ, त्यहाँ स्वीमिङ्ग गर्न मिल्ने वातावरण पनि तयार हुन्छ । नेपालगन्जका पब्लिक जसले होटलमा गएर पौडी खेल्न सक्दैन त्यो पब्लिकले त्यहाँ जान सक्छन्, त्यहाँ अलि सस्तो पनि पर्छ । त्यसले पौडी पोखरीको इनकम सोर्स पनि बन्न सक्छ ।


खेलका आयोजनालाई नीजि क्षेत्रले पनि सघाएन भन्ने गुनासालाई नजरअन्दाज गर्ने ?
हो, यहीँनेर एक अर्काले विश्वास गर्न नसकेको अवस्था पनि छ । व्यापारीले खेलमा लगानी गर्दा उसले आफ्नो नाफा हेर्छ । त्यो गेमबाट प्रत्यक्ष, अप्रत्यक्ष के फाइदा हुन्छ भन्ने व्यवसायीले लगानी गर्दा हेर्छन् । खेल क्षेत्रका अगुवाले त्यसको विश्वास दिलाउन सक्नुपर्छ । सबैलाई जोड्न सक्नु पर्छ ।


अहिले क्लबमा सबै व्यापारी हुनुहुन्छ । हामी लागेका छौं । हामी व्यापारी भएपनि लागेका छौं भने खेल क्षेत्रका व्यक्ति त त्यसकै लागि लाग्नु भएको छ । उहाँहरु व्यवसायीका यसो गरौं भनेर आउनु पर्छ । नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद बाहेकका ठूला इभेन्टमा निजी क्षेत्रबाट नै भएको छ । नेपालगन्जमा पनि सम्भव छ त्यो कुरा ।

यहाँका विद्यालय तथा होटलहरुमा पौडी पोखरी बनाइएको छ । व्यवसायिक अवस्था चलायमान छ ?
पौडी पोखरीकै हिसाबले चलायमान होला नहोला । होटलहरुले पौडी पोखरीलाई मुख्य इनकम सोर्स बनाएको हुँदैन जस्तो लाग्छ मलाई । किनभने यसलाई छु्ट्टै फ्यासिलिटीको रुपमा हेरिएको हुन्छ । र, नेपालगन्जमा पौडी पोखरी चलाउने हिसाबले भएको पनि छ र त्यसले २/३ महिना राम्रो विजनेश भएको छ । हाम्रो होटलको पौडी पोखरीबाट हजारौंले पौडी सिकेर जानु भएको छ । विद्यालयले पनि खेलाडी तयार गर्न सघाएकै हुन्छन् ।


इभेन्ट गरिरहँदा सबैको सहभागितामा तिर कत्तिको ध्यान गैरहेको छ ?
हामीले सबैले समेट्ने प्रयास गरेका छौं । यसपटक छोटो समयमा मौसमका कारण सकभर छिटो गर्न पर्छ भनेर अलिकति नपुगेको पनि हुनसक्छ । यो सबै नेपालगन्जबासीको कार्यक्रम हो । हामी सुरुवाती अवस्थामा छौं । यसले सबैलाई फाइदा गर्छ ।


स्वीमिङ्ग प्रतियोगिता गर्दैगर्दा खेलाडीसँग अभिभावक पनि आउनु हुन्छ । र, त्यसले गर्दा यहाँको व्यवसायमा पनि प्रत्यक्ष प्रभाव पार्छ । बाहिरबाट सयजना खेलाडी ल्याउँदा नेपालगन्जका होटलका सय वटा रुम बुक हुन्छन् । होटल चल्नु भनेको त्यो पैसा अन्य क्षेत्रमा पनि छरिएर जानु हो, बजारकै अवस्था चेञ्ज हुने अवस्थामा जाने हो ।
अहिलेको क्राइसिसको अवस्थामा यस्ता इभेन्ट गर्नुपर्छ ।

पर्यटन व्यवसाय कस्तो छ यो बेला ?
अहिले निराशाजनक नै छ । राज्यको प्रमुख एजेण्डामा पर्यटन छैन । हरेक ठाउँबाट पर्यटन क्षेत्रलाई निरुत्साहित बनाउने नै छ । गएको बजेटमा फाइभ स्टार होटलमा २ प्रतिशत थप कर लगाइएको छ । सरकारले थप करको भार पारेको छ । होटल नै चल्न सक्ने अवस्था छैन, रुमको पैसा भने जसरी लिन सक्ने अवस्था छैन । थप दुई प्रतिशतले रुमको रेट बढ्न गयो ।


५/६ बर्ष देखि विद्युतको रेटको विषय उठाएका छौं । सम्बोधन हुन सकेको छैन । अन्य व्यवसायको भन्दा करिब ४० प्रतिशत थप शुल्क लिइन्छ विद्युतको । अप्ठ्यारोमा झन् थिच्ने काम भैरहेको छ ।


सस्तो भयो भने पर्यटक घुम्न आउँछन् । उनीहरुको पनि बजेट हुन्छ । महंगो भयो भने पर्यटक पनि आउँदैन । सस्तोमा भयो भने होटल जाने, खाने गर्दछन्, महंगो भएपनि मानिस होटल जाँदैनन् । धेरै ठाउँमा भनिसकेका छौं । कहीबाट पनि व्यवसायीको कुरा सुनेको पाइँदैन ।


राज्यले पोजेटिभ सोच्नु पर्यो । राज्यले केही कुरा लग्दा पर्सनल बेनिफिटका लागि लग्नु भयो भन्ने सोच्नु हुन्छ । त्यही विडम्बनामा छ, पर्यटन व्यवसायको अवस्था । त्यसैलेपनि राज्यले केही गरोस् नगरोस् हामीले आफ्नो तर्फबाट आफ्नो क्षेत्रलाई सक्दो चलायमान बनाउनुपर्छ भन्ने हो । सबैको साथ र सहयोग आवश्यक छ ।
(आजको दैनिक नेपालगन्ज पत्रिकामा प्रकाशित अन्तर्वार्ता साभार गरिएको हो )

प्रतिक्रिया

प्रतिक्रिया