कोहलपुरमा ट्रकले किच्दा एकको मृत्यु

बाँकेको कोहलपुरमा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ । कोहलपुर स्थित कृषि चोकमा बुधबार बेलुका ७ बजेर १० मिनेटको समयमा ट्रकले किच्दा छेडागाड नगरपाालिका ११ जाजरकोटका ३१ वर्षिय गोरख चुदाराको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदुरपश्चिमबाट काठमाण्डौ तर्फ खसीबोका बोकेर जाँदै गरेको ००१ ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर २ प्रेमनगर नजिकै रहेको कृषि चोकमा ट्रकले ठक्कर दिँदा युवाको मृत्यु भएको थियो ।

घटना पछि प्रहरीले घाईते अवस्थामा रहेका चुदारालाई नजिकैको मेडिकल कलेज पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक र । कैलालीका ट्रक चालक राजकुमार चौधरीलाई भने ईलाका प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको प्रनाउ तिवारीले जानकारी दिनुभयो ।

मृतक युवा हिजो भएको मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाईनल हेर्न आएको प्रहरीले अनुमान गरेको छ । रुपनी जि एम

प्रतिक्रिया

प्रतिक्रिया