पछिल्लो भूकम्पका कारण जाजरकोटमामात्रै ९ हजारबढी घर पूर्णरुपमा भत्किएको तथ्यांक सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले सार्वजनिक गरेको तथ्यांक अनुसार, २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले दिएको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् । २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ । यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेका छन् ।
जाजरकोटमामात्रै भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले दिएको जानकारीमा उल्लेख छ ।