नेपालगन्ज– १८ मा ‘शुरु भए वडामा विकासका काम’

विगतमा जस्तै विकास निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छः वडाध्यक्ष दीपक कुमार बर्मा

नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ ले आफ्ना विकास निर्माणका कामलाई अगाडी बढाएको जनाएको छ ।
वडाध्यक्ष दीपक कुमार बर्माले आर्थिक बर्ष ०८०/०८१ को बिकास निर्माण कार्यको शुभारम्भ गरिएको जानकारी दिंदै एकैदिन शनिवार दुई वटा नयाँ सडक निर्माण तथा स्तरोन्नती शुरु गरिएको बताए ।


‘विकास निर्माणका काम आजबाट श्रीगणेश गरिएको छ,’ विशाल चोकदेखि बनिया गाउँरोडको उत्तर मोडेल एकेडेमी स्कूल जाने सडक स्तरोन्नती शुभारम्भ गर्दै वडाध्यक्ष बर्माले भने, ‘अघिल्ला बर्षहरु झै यस आर्थिक बर्षमा पनि वडा नं १८ भित्र उल्लेखनीय बिकास निर्माणका कार्यहरु गर्ने योजना छन् ।’


वडाध्यक्ष बर्माका अनुसार, पुराना योजना पुरा गर्ने, नयाँ शुरु गर्ने र खासगरि, सडक पूर्वाधारबाहेक स्वास्थ शिक्षाका योजनालाई तिब्रता दिने कार्यक्रम बनाइएको छ ।

‘हाम्रो वडा नेपालगन्जमा विकास–निर्माणका दृष्टिले निकै अगाडी छ,’ आम वडावासीले दिएको साथले उक्त उपलब्धी सम्भव भएको भन्दै वडाध्यक्ष बर्माले भने, ‘अघिल्लो कार्यकालमा सडक पूर्वाधारमा निकै उपलब्धि हासिल भएकोमा अब शिक्षा स्वास्थ्य लगायतका अन्य क्षेत्रमा विकास गर्नेपर्ने आवश्यकता बोध गरेका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया