हटाइयो नेपालगन्जको कर्फ्यु

नेपालगन्ज उप महानगरपालिका क्षेत्रमा लगाइएको  लगाइएको कर्फ्यु अहिले बिहान ८ बजेदेखि आंशिक  रुपमा हटाइएको छ । 

 जिल्ला प्रशासन कार्यालय बाकेले एक सुचना जारी गरी आज बिहान ८ बजे देखि साँझ ८ बजे सम्मको अबधिका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ ।

कर्फ्यु हटाइए पनि  स्थानिय प्रशासनले सुरक्षा संबेदनशिलतालाई मध्यनजर गर्दै ५ जना भन्दा बढी भेला हुन , जुलुस निकाल्न , भेला बैठक गर्न , पोष्टर पर्चा गर्न रोक लगाउदै निशेषाज्ञा भने जारी छ ।

अवस्था हेरेर बाकी निर्णय लिइने प्रमुख जिल्ला अधिकारी बिपीन आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया