प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरक्षा परिषदको बैठक बुधबार सम्पन्न भएको छ ।
परिषदले देशका विभिन्न स्थानमा धार्मिक,साम्प्रदायीक असहिष्णुता बढाउने प्रकृति भएका गतिविधिहरु,बढ्दो सामाजिक सञ्जालको दूरुपयोग,वभिन्न प्रदेशको सुरक्षा स्थिति, राष्ट्रिय सुरक्षासँग संबन्धि विषय र घट्नाहरु तथा त्यसको समाधान र न्युणीकरणका लागी अपनाउनुपर्ने भावी रणनीतिका विषयमा छलफल भएको हो ।
साथै राष्ट्रिय सुरक्षा परिषदको पाँचौ वार्षिक प्रतिवेदन २०७८/७९ प्रतिवेदन स्विकृत गरी राष्ट्रपतिलाई समक्ष पेश गर्ने निर्णय गरेको छ ।