काठमाडौं, १५ असोज । शाहीयुवाशक्ति नेपालले राजा र राजसंस्था स्थापनाका लागि जनप्रर्दशनगर्ने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै आगामीअसोज २० गते रत्नपार्कदेखि नारायणहिटीसम्म विशाल प्रदर्शन गर्ने बताईएको हो । उक्त प्रदर्शनमा स्वतस्फूर्त अनिवार्य सहभागी भइदिन आमजनतासँग अपील गरिएको छ ।
शाहीयुवाशक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनताअब राजाको पक्षमा खुल्न थालेको बताए । राजाल्याएरै छाड्ने जनताको अठोट रहेको उनको भनाई छ । पूर्वराजा ज्ञानेन्द्र शाह केहीदिन अघि भक्तपुर जाँदा ५० हजारभन्दा धेरैले स्वागत गरेको उनको दाबी छ ।

राजा र राजसंस्था स्थापितगर्न जतना सडकमा आउन पर्ने उनले बताए । अहिलेको सरकार जनता सडकमा आउने हुन् किभनेर डराइरहेको उनले बताए । राजसंस्था चाहियो भनेर एक लाखमात्रै जनता सडकमा आउने हो भने ज्ञानेन्द्रलाई पुनः राजाबनाउन सकिने उनको दाबी छ । विदेशीको इसारामा गणतन्त्रवादीहरुले राजसंस्थाफालेको उनले बताए ।
राजा र राजसंस्थाबिनाजनताहरु टुहुरो बनेको उनको भनाई छ । जनताको नाममा राजाले राजगद्दी र राजसंस्थात्याग्नतयार भएपनि गणतन्त्रवादीहरुले वडा अध्यक्षसम्मत्याग्ने साहस देखाउननसकेको उनले टिप्पणी गरे ।

नेकपा (एस) की सचिव रामकुमारी झाँक्रीले मन्त्री पद त्याग्दा रोएको प्रसंग उल्लेख गर्दैउनले यो व्यवस्थालाई चाँडो दाहसंस्कार गर्नपर्ने बताए ।
‘रामकुमारी झाँक्रीमन्त्री पद छोड्दा क्वाँक्वाँ रोईन् । यिनीहरुलाई पद र पैसा प्यारो छ । यिनीहरुको पछाडि लागेर हामीले गणतन्त्र घिसार्ने कामनगरौं ।’ उनले भने,‘जनतालाई नसोधीचोर बाटोबाट ल्याइएको गणतन्त्र हो । मरेको गणतन्त्र घोषणा गरिएको हो यो । यो गणतन्त्रको सिनो गनाइसक्यो । यो सिनोको चाँडो दाहसंस्कार गर्न आवश्यक छ ।’
जनताले हजारौं स्यालभन्दा एउटै सिंह (राजा) चाहियो भनिरहेको उनको बुझाइ छ । राजा चाहियो भन्ने जनताहरु अब सडकमाआउनआवश्यक रहेको उनले बताए । विना स्वार्थ राष्ट्रिय झण्डा बोकेर सडकमा आउनउनले आम नेपालीलाई आह्वान गरे । जनताको नाममा राजगद्दी र श्रीपेच त्याग गर्ने राजाविश्वमाकही पनि नरहेको बताउँदै उनले ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्नपर्ने बताए ।
नेपालको राजसंस्था नेपाली जनताको भएको बताउँदै उनले राजा र राजसंस्था फर्काउने कर्तव्य नेपाली जनताको भएको बताए । गणतन्त्रवादीहरुले देशलाई संघीयतामा लगेर टाट पल्टाएको उनको अरोप छ । नेताहरुले विदेशीको पैसा खाएर गणतन्त्रको पक्षपोषण गरिरहेको उनको आरोप छ । साथै, विदेशीको ऋणको भरमा गणतन्त्र र संघीयता टिकिरहेको उनको भनाई छ ।
गणतन्त्र स्वीकार गरेर बसिरहनु भनेको नेपालीजनताले आफ्नो घाटी आफैंले काट्नु भएको उनको भनाई छ । उनले गणतन्त्रका राष्ट्रपति, प्रधानमन्त्रीको भन्दाबालेन्द्र शाहको अस्तित्व बढि रहेको बताए । राष्ट्रपति, प्रधानमन्त्री र संवैधानिकआयोगकापदाधिकारीलाई जनताले स्वीकार नगरेको उनको भनाई छ । नारायणहिटीमा रहेको श्रीपेच ज्ञानेन्द्र शाहलाई परि¥याउन नसकेसम्म देशमा समृद्धि नआउने उनको भनाई छ । अहिले धर्म निरपेक्षता र गणतन्त्रको नाममा अराजकता बढिरहेको उनको अरोप छ ।
‘धर्म निरपेक्षताको नाममागाई काटिएको हेर्नुभन्दा, गणतन्त्रको नाममा देश बेचिएको हेर्नुभन्दा ज्ञानेन्द्र सरकारलाई हामीले चाँडोभन्दा चाँडो राजगद्दीमा पुनर्स्थापना गरौं । अनिबल्ल देश ट्रयाकमा हिड्छ । यो व्यवस्थाले जनता मारिरहेको छ,’– उनले भने ।
गणतन्त्रमान्ने पार्टी र व्यक्तिलाई उनले राष्ट्रघातीको संज्ञा दिए । आगामीअसोज २० गते रत्नपार्कमा स्वतस्फूर्त राष्ट्रिय झण्डासहित उपस्थितहुनउनले सबै नेपालीलाई आग्रह गरे ।
‘अबआउने २० गते रत्नपार्कमा भेलाहोउँ । २०औं हजार मान्छे सहभागी होउनभन्ने मेरो अपेक्षा रहेको छ । त्यो मास नारायणहिटीमा गएर राजाले छोडेको श्रीपेच खोस्न सक्नुपर्छ ।’ उनले भने,‘त्यसलाई लिन सक्नुपर्छ । श्रीपेच जनताको अधिकार हो । त्यो जनताको अधिकार प्रयोगगरेर राजालाई गद्दीमा ल्याउन पर्छ ।’

शाहीयुवाशक्ति नेपालका केन्द्रीय सदस्यविश्वास भट्टलेराजाराष्ट्र निर्माणका लागिअन्तिम र एकमात्रै विकल्प भएको बताए । उनले राजा प्रकृति भएको बताए । भविष्यमाआफ्नो संस्कृती र प्रकृतिको संरक्षका लागिपनि राजाआवश्यक रहेको उनको भनाई छ ।

त्यसैगरी अर्का वक्ताराजेश बोहरालेअबशाहीयुवाशक्ति नेपालको संगठन स्कूल स्कूलबाट समेत सुरुवातगर्ने बताए । राजाविनाको देशमा संस्कृति, परम्परामाविचलनआएको उनको भनाई छ ।

शाही युवाशक्ति नेपालका केन्द्रीय सदस्य पूर्ण छन्त्याललेराजाल्याउनकालागि संगठित भएर अगाडि बढ्न पर्ने आवश्यकताऔंल्याए । देशलाई समृद्ध बनाउनआफूले लोभ गर्न नहुने उनले बताए । आफूहरु नेता बन्न भन्दापनि देश बचाउनकालागि राजा संस्था स्थपितगर्नका लागिपरेको बताए ।
शाही युवाशक्ति नेपालका केन्द्रीय सदस्य रामसुन्दर कार्कीलेपार्टीहरुलाई भोट हालेर ठीक ठाउँमा पुर्याउन नसकेको बताए । दलहरुकै कारण आज नेपालीहरु नाजुक अवस्थामा रहेको उनको भनाई छ । आफू २०४६ सालमा कम्युनिष्टको सदस्यतालिएकार त्यसपछि नेपालीकांग्रेसको क्रियाशील सदस्यबनेको बताउने कार्कीले राजानै अन्तिम विकल्प हो भन्ने लागेर शाही युवाशक्ति नेपालमा लागेको बताए ।–रिपोर्टर्स नेपाल