पर्व नजिकिंदै गर्दा नेपालगन्ज बजार अनुगमन

दैनिक नेपालगन्ज
दशैं लगायतका पर्व नजिकिंदै गर्दा नेपालगन्ज बजारको अनुगमन थालिएको छ । सम्वन्धित सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले बजारका किराना, मिष्ठान र फलफुल पसलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा म्याद नाघेको सामाग्री, फोहोर, तथा मापदण्ड विपरित पसल नै दर्ता नगरी संचालनमा रहेपछि कारवाही समेत गरिएको बताइएको छ । अनुगमन समितिले तीन वटा किराना पसल, दुध डेरी एक वटा, फलफुल पसल एक वटा, होटेल एक वटाको अनुगमन गरिएको छ ।

दुई दिनदेखि तिब्रता दिइएको अनुगमनका क्रममा डेरी उद्योगलाई रु पाँच हजार जरिवाना गरिएको छ, भने किराना पसलमा म्याद नाघेका करिब ७ हजार बराबरको जङ्ग फुडलगायतका सामाग्री नष्ट गरिएको उपभोक्ता मञ्च नेपाल बाँकेका अध्यक्ष सुदिप भट्टराईले जानकारी दिए ।

नेपाली उपभोक्ता महासंघ बाँके अध्यक्ष डा. विनोद कर्णले बजारमा गुणस्तरहीन सामाग्रीको भएकाले उपभोक्ता आफै सचेत हुन जरुरी देखिएको बताए । उनका अनुसार, बजारका अधिकास पसलहरुमा म्याद नाघेका सामाग्री तथा मिष्ठान पसलहरुमा सढेको मिठाई, ढुसी लागेको सामाग्री समेत विक्री वितरण गर्ने गरिएको पाइएको छ ।

अनुगमन टोलीमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख विष्णुप्रसाद धिताल, नासु डम्बर बहादुर बुढा, खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका रामहरी लामिछाने, नेपालगन्ज उपमहानगरपालिकाबाट अमर चिडीमार, नेपाली उपभोक्ता महासंघ बाँके अध्यक्ष डा कर्ण, सचिव चन्द्रशेखर थापा, सदस्य साहिल अन्सारी लगायतको सहभागी थिए ।

प्रतिक्रिया

प्रतिक्रिया