नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघले सामाजिक, मानवीय क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै निलसागर सेवाश्रमका अध्यक्ष सरिता खनाललाई कदर पत्र प्रदान गरी सम्मान गरेको छ ।
तेस्रो अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, आयोजक संघका अध्यक्ष कमल प्रसाद पौडेल र विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले खनाललाई कदर पत्र हस्तान्तरण गरी सम्मान गरेका हुन् ।