डा. नितेश कनोडियाको नेतृत्वमा युवा उद्यमी संगठित

बाँकेका युवा उद्यमी, व्यवसायी संगठित भएका छन् । शुक्रबार भएको युवा उद्यमी, व्यवसायीहरूको भेलाले डा. नितेश कनोडियाको नेतृत्वमा नेपाल युवा उद्यमी मञ्चको नेपालगन्ज च्याप्टर स्थापना गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुरका नगर प्रमुख पूर्ण आचार्य, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी सहितका विभिन्न प्रतिनिधिहरू बीच मञ्चको केन्द्रीय नेतृत्वले डा. कनोडियाको नेतृत्वमा बाँके च्याप्टर शुभारम्भ गरेको थियो ।


नेपाल युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष साहारा जोशीका अनुसार, नेपालगन्ज च्याप्टर मञ्चको १३औं शाखा हो । मञ्चको नेपालगन्ज च्याप्टरमा युवा उद्योगपति तिर्थ बहादुर थापा प्रथम उपाध्यक्ष छन् । डा. ओम प्रकाश मिश्र द्वितीय उपाध्यक्ष रहेको मञ्चमा अञ्जना पाण्डे, सिखा गौतम श्रेष्ठ, सिद्धान्त जस्रोतिया, इन्जिनियर अरसद कमल सिद्दिकी, बसन्त भण्डारी सदस्य छन् ।

दिपेश वैश्य मेम्बरसिप चियर, अभिनव कुमार सिंह इभेन्ट चियर र अभिनय शर्मा लर्निङ्ग चियर रहेको मञ्चमा लक्ष्मी थापा, हरिश नारायण श्रेष्ठ, प्रवेश अर्जेल, सिवासिस गुप्ता, लेखनाथ शर्मा, एस वैश्य संगठित छन् । त्यस्तै, डा. राहुल थापा, महेन्द्र सिंह, अशोक गौडेल, मो. अलताफ बागवान, राहुल गुप्ता, अंश दुगड, सार्थक अग्रवाल, तनिस्क सिंघल, अभिनव शर्मा र रिहान मियाँ मञ्चमा संगठित भएका छन् ।

‘१८ देखि ४० बर्ष उमेर समूहमा निर्णायक तहमा बसेका उद्यमीहरूलाई संगठित गर्दै अगाडि बढ्ने हाम्रो उद्देश्य हो’, देशभर ८ सय युवा उद्यमी प्रत्यक्ष रूपमा संगठित गरिसकेको जानकारी दिंदै केन्द्रीय अध्यक्ष साहारा जोशीले भनिन्, ‘युवाहरूलाई स्वदेशमै सिर्जनशील गतिविधि र आर्थिक विकासको क्षेत्रमा क्रियाशिल बनाउनु हाम्रो उद्देश्य हो ।’

नेपालगन्ज च्याप्टरको नेतृत्व सम्हालेका डा. कनोडिया नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक हुन् । ‘जिल्लाका युवा उद्यमीहरूलाई संगठित गर्दै सही दिशा निर्देश गर्ने बाटोमा हामी तत्कालैबाट सक्रिय हुन्छौं’, मञ्चको अध्यक्षता ग्रहण गर्दै डा. कनोडियाले भने


नेपालगन्ज च्याप्टरको नेतृत्व सम्हालेका डा. कनोडिया नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक हुन् । ‘जिल्लाका युवा उद्यमीहरूलाई संगठित गर्दै सही दिशा निर्देश गर्ने बाटोमा हामी तत्कालैबाट सक्रिय हुन्छौं’, मञ्चको अध्यक्षता ग्रहण गर्दै डा. कनोडियाले भने, ‘युवाहरूलाई आर्थिक क्रियाकलापसँगै सामाजिक क्षेत्रमा सक्रिय बनाउँदै अगाडि बढ्नेछौं ।’


शाखा स्थापना घोषणा कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि अतिथिले आफ्ना धारणा राख्दै युवाहरूलाई उद्यममा लाग्न आफ्नो क्षेत्रबाट सहयोगको प्रतिबद्धता जनाए । मञ्चलाई नेपाल उद्योग वाणिज्य महासंघले प्रवद्र्धन गरेको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया