राज्यको बित्तिय बितरण प्रणालीमा हस्तान्तरण भएको पाँच अरब स्थानीय तहमा रोकियो

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका बिभिन्न सेवामा कार्यरत दितीय तहका
अधिकृतहरुको सेवाकालीन तालिम अन्तर्गतका ACMD-2, 2080 को Know Your Economy शीर्षकमा
यार्षा समूहका प्रशिक्षार्थीहरुले “बित्तिय बितिरणका चारबर्षको अभ्यास” बिषयक एक दिने सेमिनार ललितपुर
स्थित प्रतिष्ठानको पृथ्वी हलमा शुक्रबार सम्पन्न गरेका छन । 


सो सेमिनारमा प्रस्तुत गरिएको कार्यपत्रमा नेपालले अंगिकार गरेको संघीय संरचना अन्तर्गत तीनै तहमा
बित्तिय बितिरण गरिएको बजेटको उपयोग खर्च वार्षिक अस्सी प्रतिशत भन्दा बढि हुन् नसकेको अध्ययनले
देखाएको छ| यसैगरि स्थानीय तहले उक्त रकम खर्च गर्न नसके संघको कोषमा फिर्ता नगरी आफ्नै कोषमा राख्ने
गरेकाले उदेश्य अनुरुप विकास हुन सकिरहेको पाइएन| उक्त कार्यपत्रको प्रमुख उद्देश्य विनियोजित राजस्व को
उचित उपयोग र राष्ट्रियकोषको नीतिगत सुधारका लागि सुझाब प्रस्तुत गर्नु रहेको थियो |

 
कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठानका बरिस्ठ निर्देशक त्रिलोचन पोखरेलले संघियता अहिलेपनि अभ्यासको
क्रममा रहेकोले उचित बय्स्थापन गर्नमा जोड दिनु भयो | उहाले ससर्त अनुदान राज्यको मुख्य सन्चालन खर्चमा
रहेकोले यसलाई अझ बढी बयस्थित बनाउनुका साथै राजस्व संकलन र बितरण स्थानीय र संघमा दोहोरो हुनु
पर्नेमा जोड दिनु भयो| कार्यक्रमका बिशेष अतिथि प्रतिष्ठानका अध्ययन निर्देशक द्दय डा. रघु बिस्ट र अनिता
पौडेलले आर्थिक विकासका बिभिन्न आयामहरुको कसीमा विकासखर्च र राजस्व संकलन लाई हेर्नुपर्ने
बताउनुभयो | उहाँहरुले अध्ययनको दायरालाई अझ बढी फराकिलो बनाई बिभिन्न अन्तर्राष्ट्रिय अभ्यासहरुलाई
समेटेर लैजानु पर्नेमा जोड दिनुभयो |


बित्तिय बितरणका चार बर्षमा बजेट विनियोजन संगै बेरुजु पनि उत्तिकै बढेकोले आर्थिक सुचंकाकमा सुधार गर्नु
पर्ने देखिएको छ| तीनै तहमा आपसी समन्वयको आभाव र मनोबैज्ञनिक त्रासको बाताबरणले पनि समुचित
खर्चको बयस्थापन हुन् सकेको छैन|


उक्त सेमिनारको प्रस्तुतिकरण समुहको तर्फ बाट ध्रुव प्रसाद पाण्डे र दिपक लामिछानेले गरेका थियो |
सेमिनारमा टिप्पणीकर्ता सुदिना कुइकेल र मनोज कुमार साहले रिपोर्टर को भूमिका निर्वाह गर्नुभएको थियो
भने कार्यक्रमको संचालन विजय कुमार वर्माले गरेका थिए|


कार्यक्रमका अध्यक्ष सागर प्रसाईले प्रमुख अतिथि, बिशेष अतिथि, ACMD-2 कार्यक्रमका संयोजक गोबिन्द
भण्डारी, सेमीनार सहजकर्ता शितल मोक्तान, टिप्पणीकार दान बहादुर थापा लगायत उपस्थित सम्पूर्णलाई
धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नु भएको थियो |


उक्त तालिममा बिभिन्न सरकारी तथा सार्वजनिक निकायका चौबिसजना प्रशिक्षार्थीहरुको सहभगिता रहेकोछ|

प्रतिक्रिया

प्रतिक्रिया