झुक्यो पार्टी कार्यालयको झण्डा

नेकपा ( एमाले ) बाँके पार्टी कार्यालयमा पार्टी केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।


एमाले बाँकेका प्रचार बिभाग प्रमुख सतिश निरौलाले दिएको जानकारी अनुसार, पार्टीको झन्डा आधा झुकाउनुका साथै पार्टी कार्यलयमा फोटो सहितको शोक पुस्तिका राखेर श्रद्धान्जली व्यक्त गरिएको हो ।


तीनदिन सम्म राखिने शोक पुस्तिकामा बाँके जिल्ला पार्टी नेता कार्यकर्ता तथा नेता नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नेहरुका लागी खुला राखिने निरौलाले बताए ।


मंगलवार पार्टी कार्यलयमा पार्टी केन्द्रिय कमिटी सदस्य शान्ति ढकाल , केन्द्रिय लेखा आयोग सदस्य बिजया धिताल, जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति, सल्लाहकार समिति सभापति मधु रिजाल, प्रदेश कमिटी तथा जिल्ला कमिटीका नेता तथा उपस्थित पार्टी कार्यकर्ताहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।


यसबीच तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरु प्नि स्थगित गरिएको एमाले बाके प्रचार बिभाग प्रमुख निरौलाले बताएका छन् ।

नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए । पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले जानकारी दिए ।

नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि सचिवालयले निर्णय गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया