नेपालमा प्रत्यक्ष विक्री बजारका अग्रणी युुवा तेम्पा शेर्पालाई मंगलवार सम्मान गरिएको छ ।
हेल्दी लिविङ नेपालका प्रवन्ध निर्देशक शेर्पालाई नेपाली उपभोक्ता संरक्षण महासंघले आफ्नो दोस्रो वार्षिक साधारणसभाको अवसर पारेर सम्मान गरेको हो ।
साधारणसभाका प्रमुख अतिथि, नेपाल सरकारका कानुनमन्त्री धनराज गुरुङले शेर्पालाई सम्मान गरे । महासंघका अध्यक्ष चन्द्र साउदका अनुसार, लामो समयदेखि प्रत्यक्ष विक्री व्यवसायको क्षेत्रमा समर्पित रहेर पुर्याएको योगदानसँगै नेपाली उपभोक्ता हितमा गरेको महत्वपूर्ण योगदानका लागि शेर्पालाई सम्मान गरिएको हो ।
नेपालगन्जका स्थायी निवासी शेर्पा नेतृत्वको हेल्दी लिविङ नेपाल प्रत्यक्ष विक्री ऐनमा अनुबन्ध भएको कम्पनी हो । शेर्पाका अनुसार, नेपालको प्रत्यक्ष विक्री ऐन अनुसार दर्ता भएर काम गर्ने मुलुकभर १७ वटा कम्पनी छन् । ती कम्पनीहरुको साझा संस्थाको नेतृत्व पनि शेर्पाले गर्दै आएका छन् ।
‘प्रत्यक्ष विक्री भनेको सिधा कम्पनीबाट उपभोक्तासम्म नेपालमै बनेको एउटा गुणस्तरयुक्त स्वास्थ्य बद्र्धक उत्पादन सुपथ मुल्यमा उपलब्ध गराउनु हो,’ ऐन कानुनकै दायरामा काम गरिरहेको तर्क गर्दै डाइरेक्ट सेलिङ एशोसिएसनका अध्यक्ष शेर्पाले भने, ‘उपभोक्तालाई वितरक बनेर केहि आम्दानी पनि गर्न सक्ने अवसर दिने हुनाले मलाई लाग्छ यो एउटा यस्तो इन्डस्ट्री हो जसले प्रत्येक उपभोक्तालाई अवसर दिन्छ ।’