जिराको भाउ दोब्बरभन्दा बढी

१ माघ २०७९ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघकाअनुसार यो मूल्य त्यसयताको ७ महिनामा ३ पटक बढेर १२ सय ५० रुपैयाँ पुगेको छ ।

चाडबाडमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दशैंको मुखमा दोब्बरभन्दा बढी भएको छ । जिराको मूल्य गत वर्षको यही बेलाको तुलनामा १२७ प्रतिशतले बढेको हो ।

१ माघ २०७९ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघकाअनुसार यो मूल्य त्यसयताको ७ महिनामा ३ पटक बढेर १२ सय ५० रुपैयाँ पुगेको छ । चैत २०७९ मा प्रतिकिलो ७ सय रुपैयाँ थियो । वैशाखमा जिराको मूल्य प्रतिकिलो ८५० रुपैयाँ थियो ।

अहिले होलसेलमा जिराको बिक्री मूल्य १२ सयदेखि १२ सय २५ रुपैयाँ प्रतिकिलो रहेको व्यवसायीहरु बताउँछन् । भदौ महिनाका लागि नेपाल खुद्रा व्यापार संघले जिराको थोक मूल्य १२ सय ५० रुपैयाँ तोकेको छ ।

वाणिज्य विभाग भन्छ : आयात नै महँगो भयो

बजार नियमन गर्ने वाणिज्य तथा आपूर्ति विभागले भने जिराको मूल्य आयात स्रोत मुलुकमै बढेको दाबी गरेको छ ।

जिराको मूल्य एक्कासी अस्वभाविक बढेको बारे विभागमा गुनासोहरु आउन थालेको विभागका निर्देशक होमनाथ भट्टराईले बताए । तर, मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजार मूल्य नै मुख्य कारण भएको उनको भनाइ छ ।

‘जिराको मूल्य अस्वाभाविक रुपमा बढेको देखिन्छ,’ विभागका सूचना अधिकारी भट्टराईले भने, ‘आयात गर्दै महँगो तिरेको कागजात हामीले देखिरहेका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया