सडक मानव उद्दारमा अग्रणी भूमिका खेल्दै आएको निलसागर सेवाश्रम आर्थिक संकटमा परेर सहयोगको खाँचो देखिएको छ ।

दिनहुँ जसो सडक मानव उद्दार गरेर आश्रय दिनुपर्ने सेवाश्रमले दैनिक खर्च समेत जुटाउन हम्मे परेर संकटमा परेकोले सहयोगको खाँचो देखिएको हो ।
‘सीमित सहयोगमा असीमित सहयोग प्रवाहको भार आइलाग्दा सम्हाल्न निकै समस्या भैरहेको छ’, निलसागर सेवाश्रमका अध्यक्ष सरिता खनालले दैनिक नेपालगन्जसँग भनिन्, ‘सञ्चारमाध्यममार्फत सार्वजनिक अपिल गर्न चाहेकी छु, आउनुस्, हेर्नुस् अवस्था अनुसार जे जति सक्नुहुन्छ सहयोग गर्नुस् ।’

विभिन्न दाताहरूले पारिवारिक उत्सव/स्मृतिमा दिने गरेको धेरथोर सहयोग बाहेक नियमित सहयोगको कुनै स्रोत नहुँदा आश्रम चलाउन समस्या परेको हो । ‘नियमित सहयोगका लागि मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेट्यौ, प्रदेश अर्थमन्त्रीदेखि केन्द्रीय बालबालिका मन्त्रीसम्म गुहार लगायौं’, अध्यक्ष खनालले भावुक हुँदै भनिन्, ‘हामीले गल्ती गरेका हौं भने जेल हाल्नुस् होइन भने यसरी अलपत्र नछाडिदिनुस् ।’
अध्यक्ष खनालका अनुसार, सञ्चालनको आठ बर्षयता केन्द्रीय सरकारबाट कुनै कार्यक्रम वा बजेट उपलब्ध हुन सकेन । ‘आश्वासन भने खुबै पाइयो’, प्रदेश सरकारले दुई बर्षदेखि सहयोग पूर्ण रूपमा बन्द गरेको सम्झदै अध्यक्ष खनालले भनिन्, ‘सबै भन्दा ठूलो दायित्व रहेको नेपालगन्ज उपमहानगरपालिकाले अहिलेसम्म दुई लाख ५० हजार प्रदान गरेको छ ।’

‘कतै मेरो निर्णय आत्मघाती त थिएन ?’, कतिपयको सहयोग, सहकार्य र हातेमालोको उत्साहले यहाँसम्म आइपुगेको बताउने खनालले निराश हुँदै भनिन्, ‘अब उपाय नै नदेखेपछि आश्रम बन्द गरेर वैदेशिक रोजगारीमा जाउँ कि भन्ने सोंच पलाइरहेको छ ।’
सबैतिरबाट सहयोग बन्द हुन थालेपछि आश्रम सञ्चालनको निर्णय नै पुनर्विचारको मनस्थितिमा देखिएका अध्यक्ष खनालले दुःखी हुँदै भनिन्, ‘नेपालगन्ज उपमहानगरपालिकाले सात बर्षमा उपलब्ध गराएको रकम आश्रमका लागि नौ दिनको सञ्चालन खर्च हो ।’
‘कसरी चलेको होला ?’, ५४ वटा ग्याँस सिलिण्डर, दिनमा कम्तिमा २ बोरा चामल, ५४ किलो आलु र २० किलो दैनिक दाल खर्चको फेहरिस्त देखाउँदै अध्यक्ष खनालले भनिन्, ‘चौतर्फी व्यक्तिगत जमानीमा लिइएको उधारो थाम्नै नसक्ने अवस्था रहेकाले अब उद्दार गर्न सडकमा जान सक्ने हिम्मत टुट्यो ।’

बर्दियाको मधुवनमा रहेको आश्रम बन्द गरेको निलसागरले कोहलपुर, पाल्पा र पोखरामा आश्रम बन्द गर्ने निर्णय गरेको छ ।
व्यक्तिगत रुपमा विदेशको मासिक १ लाख ६० हजार रूपैयाँ नियमित आम्दानी छाडेर निलसागर सेवाश्रम सञ्चालनको निर्णयमा आठ बर्षदेखि अविचलित खनालले १ सय ९६ जना बालबालिका र ज्येष्ठ नागरिकहरूलाई आश्रय दिंदै आएको निलसागरको नेतृत्व गरिरहेकी छन् ।
‘कतै मेरो निर्णय आत्मघाती त थिएन ?’, कतिपयको सहयोग, सहकार्य र हातेमालोको उत्साहले यहाँसम्म आइपुगेको बताउने खनालले निराश हुँदै भनिन्, ‘अब उपाय नै नदेखेपछि आश्रम बन्द गरेर वैदेशिक रोजगारीमा जाउँ कि भन्ने सोंच पलाइरहेको छ ।’
निलसागरलाई स्थायी रूपले अगाडि बढाउन खनालकै नेतृत्वमा नेपालगन्जको फुल्टेक्रामा निर्मार्णाधिन भवन अलपत्र अवस्थामा छ । भवनका लागि आएको बजेट सुरुमै फ्रिज भएको र त्यसपछि पर्याप्त बजेट नआउँदा भवनले अझै पूर्णता पाउन नसकेको हो । आश्रमलाई सहयोग जुटाउने उद्देश्यले विगतमा आयोजित महायज्ञबाट समेत अपेक्षित आर्थिक सहयोग जुट्न नसकेपछि भवन अलपत्र भएको हो ।