खनाल र थापालाई बास ब्राइटल्याण्ड युवा पुरस्कार

बास/ब्राइटल्याण्ड युवा पुरस्कार निलसागर सेवाश्रम मार्फत मानवीय कार्यमा सक्रिय सरिता खनाल र सामाजिक अभियन्ता विनोद थापालाई प्रदान गरिएको छ ।

शनिवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने उक्त पुरस्कारको बर्ष २०२२ खनाल र २०२३ को थापालाई प्रदान गरिएको हो ।

बास नेपाल र ब्राइटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा नेपालगन्जमा भएको कार्यक्रममा खनाल र थापालाई सम्मान पत्र, ट्रफी सहित जनही नगद १५ हजार प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुुख जिल्ला अधिकारी विपिन आचार्य, बाँकेका प्रमुख सन्तोष सिंह राठौर लगायत अतिथिहरुले गरेका छन् ।

लामो समय देखि मानवीय क्षेत्रमा क्रियाशिल खनालले सडक मानव मुक्त अभियान सञ्चालन गरि बेसहाराहरुलाई सहारा प्रदान निलसागर सेवाश्रम सञ्चालन गरिरहेकी छन् ।

सामाजिक कार्यमा सक्रिय थापा लामो समय देखि अप्ठेरोमा परेका ब्यक्तिहरुलाई सहयोग गर्ने, लागु औषध दूब्यसनी बिरुद्ध अभियान सञ्चालन गर्ने र समाज सेवा संस्था नेपालको अध्यक्षको रुपमा कार्यरत रहेर कार्य गरिरहेका छन् ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले पुरस्कारको पृष्ठभूमि, कार्यक्रमको उद्धेश्यसँगै बास÷ब्राइटल्याण्ड युवा पुरस्कारको घोषणा गरेका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोर्ख बहादुर थापाले युवाहरुलाई सम्मान गर्ने कार्यले युवाहरुलाई सकारात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने बताए ।

बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतमा भएको कार्यक्रम केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले सञ्चालन गरेका थिए भने स्वागत बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरे ।

प्रतिक्रिया

प्रतिक्रिया