महिला उद्यमी संघमा बस्नेतको नेतृत्व

महिला उद्यमीहरूको संगठन, महिला उद्यमी संघ (वीन) नेपाल बाँकेको अध्यक्षमा सावित्रा पोखरेल बस्नेत निर्वाचित भएकी छन् ।


विहीवार भएको २०औं साधारणसभा तथा १० औं अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको निर्वाचन संयोजक अधिवक्ता सुनिता शर्माले जानकारी दिइन् ।


अधिवक्ता शर्माका अनुसार, प्रथम उपाध्यक्षमा रेवती सिंह, द्वितीय उपाध्यक्षमा आभा गौतम र तृतीय उपाध्यक्षमा सुनिता पाण्डे निर्वाचित भएका छन् ।


महासचिवमा सरिता शाक्य निर्वाचित भइन् । सचिव नितु शाह चन्द । कोषाध्यक्षमा बिन्दु चर्तिमगर निर्वाचित भएकी छन् ।
वीन बाँकेको कार्यसमितिमा सुशिला शाह राणा, शशी स्वाँर, सुष्मा ज्ञवाली, निरु चौधरी, कुसुम दुगड, सुष्मा पोखरेल सुवेदी, शोभा श्रेष्ठ, सुनिता सुवेदी, नजिया अली शर्मा । रोजी बोश निर्वाचित भएको अधिवक्ता शर्माले घोषणा गरिन् ।


त्यसअघि वीन बाँकेका अध्यक्ष निरूपमा रस्तोगीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम बीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महिला उद्यमी संघ नेपाल बाँकेको २०औं साधारणसभा र १० औं अधिवेशन उद्घाटन गरे ।

कार्यक्रममा महिला उद्यमी महासंघका केन्द्रीय अध्यक्ष निरु रायमाझी लगायतका केन्द्रीय पदाधिकारी सहभागी रहेको वीन बाँकेले जनाएको छ । ६५ सदस्य रहेको वीनले जिल्लामा रहेका उद्यमी महिलाहरूलाई संगठित गर्दै अगाडि बढ्ने गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया