समावेशी प्यानलले दर्ता गर्यो उम्मेदवारी

आगामी भदौं २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी प्यानलले आज शुक्रबार उम्मेदवारी दर्ता गराएको छ ।

समावेशी प्यानलले अध्यक्षमा टंक बहादुर धामी, उपाध्यक्ष (उद्योग)मा चिरञ्जीवि ओली, उपाध्यक्ष (वाणिज्य) मा हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला)मा मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, सदस्य तर्फ इन्दिराकुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्दलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया