नाइस नेपालगन्जले प्रदान गर्दै आएको अवार्डका लागि व्यक्तित्वको खोजी शुरु गरेको छ ।
नाइस अवार्ड सन् २०२१ औषध दुव्र्यसन बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई त्यसपछिको सन् २०२२ सामाजिक अभियन्ता प्रबेज अली सिद्दीकीलाई प्रदान
संस्थाका अध्यक्ष हेमराज भट्टका अनुसार, ‘नाइस अवार्ड २०२३’ का लागि साउन १५ गतेनै ७ दिने खुल्ला आव्हान गरिसकिएको हो ।
‘तपाईं हाम्रो समाजमा राम्रो काम गरिरहेका व्यक्तित्वहरुलाई छनोट गरी तपाई आफै दावी गर्न वा उपयुक्त पात्र सिफारिश गर्न सक्नुहुन्छ,’ अध्यक्ष भट्टले हरेक बर्ष प्रदान गरिदै आएको नाइस अवार्डको तेस्रो संकरण यहि साउन २३ गते गर्न लागिएको जानकारी दिंदै भने, ‘नाइस नेपालगन्जको चौथो बार्षिकोत्सबको अवसरमा नेपालगन्जमा हुने भव्य समारोहमा उक्त अवार्ड वितरण गरिन्छ ।’
‘बाँके जिल्लामा कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा क्रियाशिल रहेका जो कोहीले पनि अवार्डका लागि दरखास्त दिन सक्नेछन्,’ नाइस नेपालगन्जले नाइस अवार्ड २०२३ का लागि गरिएको आव्हानबारे अध्यक्ष भट्टले दैनिक नेपालगन्जसँग भने, ‘अरु कोहीले उपयुक्त ब्यक्तित्वको नाम सिफारिस गर्न सकिने गरी ब्यवस्था गरिएको छ ।’ अवार्ड नेपाली नागरिकका लागिमात्रै भएको संस्थाले जनाएको छ ।
पहिलो नाइस अवार्ड सन् २०२१ औषध दुव्र्यसन बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई त्यसपछिको सन् २०२२ सामाजिक अभियन्ता प्रबेज अली सिद्दीकीलाई प्रदान गरिएको अध्यक्ष भट्टले बताए ।
आयोजनाका लागि व्यवस्थापन समिति गठन गरिएको जनाइएको छ । संस्थाका उपाध्यक्ष शोभा थापा मगरको संयोजकत्वमा गठन गरिएको समितिको सदस्यमा माधव कार्की, शुद्ध प्रसाद चौधरी, रमिति शाह र जानकी बिक छन् ।
समाजमा रहेका राम्रा र सकारात्मक कार्यहरुको प्रचार प्रसार गर्ने, समाजमा उत्कृष्ट कार्य गर्दै समाज रुपान्तरणका लागि काम गरिरहेका ब्यक्तिहरुलाई सम्मान गर्ने, सुन्दर शहरको परिकल्पना गर्दै सरसफाई र बृक्षारोपण गर्ने लगायतका काममा संस्था सक्रिय रहेको अध्यक्ष भट्टले जनाए ।
अध्यक्ष भट्टका अनुसार, संस्थाले बालवालिका तथा युवाहरुलाई राम्रा कामहरुमा लाग्न अभिप्रेरित गर्ने उद्धेश्यले विभिन्न क्षमता अभिबृद्धि तालिमहरु सञ्चालन गर्दै आएको छ ।