छुटिन प्रहरी कुट्ने नमिता

बागेश्वरी मन्दिर परिसरमा सोमबार प्रहरी जवान माथि आक्रमण गर्ने महिलालाई माफी मागेपछि रिहा गरिएको छ ।

महाआरतीको सुरक्षा व्यवस्थापनमा खटिएकी एक प्रहरी जवान महिलामाथि कुटपिटमा उत्रिएकी नमिता श्रेष्ठलाई बाँके प्रहरीले २४ घण्टा हिरासतमा राखेर रिहा गरेको हो ।


नमिता राजनीतिक दलसँग जोडिएकीले उनलाई दलीय दबाबमा छाडिएको बताइएको छ । यद्धपि, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले नमिताले लिखित माफी मागेपछि छाडिएको बताए ।


प्रत्यक्षदर्शीका अनुसार, महाआरतीको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेकी नमितालाई प्रहरीले रोक्न खोज्दा केही बेर विवाद भएको थियो । ‘विवादबाट झोक्किएर बाहिर निस्किएकी उनी केहीबेर पछि दौडिदै आएर सुरक्षा व्यवस्थामा खटिएकी प्रहरी जवानमाथि एक्कासी जाइ लागिन्’, प्रत्यक्षदर्शीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसपछि केहीबेर दुवैको हात हालाहाल चल्यो ।’


निकै आक्रोशित नमिताको आक्रमणले प्रहरी जवान नर्भस भएपछि खटिएका अन्य प्रहरीले थप महिला प्रहरी मगाएका थिए । महाआरती चलिरहँदा घटनाका कारण पार्क छेउ अप्रिय दृश्य देखिएको थियो ।


लगत्तै आएको थप प्रहरीले हतकडी लगाएर नियन्त्रणमा लिएको थियो । (हेनुस् भिडियो)

प्रतिक्रिया

प्रतिक्रिया