प्रखरमा सर्वसम्मत नयाँ नेतृत्व

अध्यक्षमा महेन्द्र मल्ल र महासचिव विवेक लामिछाने सहितको सर्वसम्मत कार्यसमिति


प्रखर परोपकार मिशन नेपालले आफ्नो नेतृत्व फेरेको छ । मंगलवार भएको साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।


पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल निर्माणको नेतृत्व लिएको प्रखरले झण्डै दुई दशकपछि नयाँ नेतृत्व पाएको छ । प्रखरको ११ औ साधारणसभाले महेन्द्र मल्लको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।


गत साउन ८ गते क्यान्सर अस्पतालका प्रेरक ब्यक्तित्व महामण्डलेश्वर प्रखरजी महाराजले ११ औं साधारणसभाको उदघाटन गरेका थिए । नेतृत्व चयनलाई लिएर भएका छलफल बैठक लम्बिंदै जाँदा आइतबारमात्रै दलीय सहमति जुटाइएको थियो ।


स्थापनाकालदेखि १८ वर्षसम्म किस्मतकुमार कक्षपतिले प्रखरको नेतृत्व गर्दै आएका हुन् । प्रखर परोपकार मिशनकै अभियानमा खजुरामा महायज्ञ गर्दै सन्त दीनदयाल महाराजको संकल्पमा क्यान्सर अस्पताल निर्माण भएको थियो ।


प्रखरको बरिष्ठ उपाध्यक्षमा सुदीप पौडेल, शेरबहादुर बुढा, महासचिवमा इ.विवेक लामिछाने, कोषाध्यक्षमा तारामणि अधिकारी, सचिवमा लेखनाथ सापकोटा, सहकोषध्यक्षमा जिवनाथ सापकोटा सर्वसम्मत चयन भएका छन् ।


प्रखरको सदस्यहरुमा वरिष्ठ पत्रकार पूर्णलाल चुके, रामचरण बीसी, बालकृष्ण लामिछाने, विकास सापकोटा, अब्दुल कादिर शेख, दीपक ढकाल र होमनाथ पौडेल चयन भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया