व्यवसाय धराशयी हुँदा व्यवसायीबीच एकता

विभिन्न संगठनमा विभाजन भएका बाँकेका अटोमोबाइल्स व्यवसायी एकीकृत भएका छन् । उनीहरूको एकीकृत भेलाले नरेन्द्र ओलीको अध्यक्षतामा बाँके अटोमोबाइल्स एशोसिएसन गठन गरेको हो ।

‘व्यवसाय धराशयी अवस्थामा हामी विभाजित रही रहनुको अर्थ थिएन’, एक बर्षदेखिको प्रयासले तीन वटा संस्था मर्जर भई एक भएको जानकारी दिंदै नवनिर्वाचित अध्यक्ष नरेन्द्र ओलीले दैनिक नेपालगन्जसँग भने, ‘व्यवसायिक क्षेत्रमा व्याप्त संकटलाई चिर्ने गरी सांगठनिक गतिविधिलाई अगाडि बढाइनेछ ।’

१८ सदस्यीय नव गठित एशोसिएसनमा रविन्सन श्रेष्ठ, सविन घिमिरे र सुर्यमणि अधिकारी उपाध्यक्ष छन् । महासचिवमा जगदीश भट्ट, सचिव कपिन्द्र सिग्देल, कोषाध्यक्ष ज्ञानमणि अधिकारी र सहकोषाध्यक्षमा प्रशन्न श्रेष्ठ छन् ।


महासचिव भट्टका अनुसार, सदस्यहरुमा मनप्रसाद आचार्य, माधव अर्याल, अमृत प्रसाद श्रेष्ठ, ज्ञानेन्द्र खनाल, चन्द्रद्विप जोशी, विवेक श्रेष्ठ, दिनेश ठाकुर, शेराज राई, तपेन्द्र खड्का र पारस अर्याल छन् । प्रतिष्ठित व्यवसायी, भेरी ट्रक व्यवसायी संघका अध्यक्ष किसन गुरुङ्गको प्रमुख आतिथ्यतामा मध्य तथा सुदूरपश्चिम अटोमोबाइल्स एशोसिएसन, बाँके अटो डिलर्स एशोसिएसन र बाँके अटोमोबाइल्स एशोसिएसन बीच मर्जर भई नयाँ संयुक्त संगठन निर्माण भएको हो ।


‘व्यवसाय धराशयी अवस्थामा हामी विभाजित रही रहनुको अर्थ थिएन’, एक बर्षदेखिको प्रयासले तीन वटा संस्था मर्जर भई एक भएको जानकारी दिंदै नवनिर्वाचित अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने, ‘व्यवसायिक क्षेत्रमा व्याप्त संकटलाई चिर्ने गरी सांगठनिक गतिविधिलाई अगाडि बढाइनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया