डुडुवा गाउँपालिका बडा नम्बर ५ अवस्थित सिद्धिविनायक लायन्स पार्कमा सोमवार वृक्षारोपण गरिएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका गभर्नर मुकुट ढकालको ‘वन लायन, वन ट्री’ अभियान अन्तर्गत १०० भन्दा बढी फलफुल,तथा उपयोगी विरुवाहरु लगाइएको हो ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका गभर्नर मुकुट ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम नेपालगन्ज क्षेत्रका ४ वटा क्लवहरुले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
पार्कमा आँप, लिचि,अम्बा,अमला लगाएतका फलहरु र का साथै बहुउपयोगी बिरुवाहरु सितलचिनी, रुद्राक्षका साथै बिभिन्न जातका फुलहरु रोपिएको लायन्स क्लव अफ नेपालगन्ज सिद्धिविनायकका पूर्व अध्यक्ष शिबेन्द्र भण्डारीले जानकारी दिए ।
लायन्स क्लव अफ नेपालगन्ज इनोभेटीभकी अध्यक्ष सुशीला चन्दको अध्यक्षता भएको कार्यक्रममा सिद्धिविनायकका अध्यक्ष नारायण भण्डारी, पूर्व अध्यक्ष चिरन्जीवी ढकाल, पूर्व अध्यक्ष सुर्य कुमार श्रेष्ठ, मिन ब. थापा कासाथै इनोभेटीवकी अध्यक्ष, वाटरपार्ककी अध्यक्ष पिङ्की शाह, युनिटीकी अध्यक्ष रुपा ओझालायत का ४ वटै क्लबका पूर्व अध्यक्ष, पदाधिकारी र सदस्यहरुले बिरुवा रोपेका थिए ।
कार्यक्रममा फष्ट लेडी मिना ढकाल, डिष्ट्रिक सचिव .उमा थापामगर, सल्लाहकार डिल्ली रेग्मी, रिजन चेयरपर्सन बिनय श्रेष्ठ, बिष्णु श्रेष्ठ, जोन चेयरपर्सन बिन्दु चर्तीमगर,लियो अध्यक्ष बिवेक श्रेष्ठ,कोषाध्यक्ष प्रकाश कँुबर, सचिव सिद्धान्त कायस्थ लगायत सहभागी थिए ।