पेट्रलियम पदार्थको मूल्यमा ‘स्वचालित प्रणाली’

सोमवारदेखि पेट्रोलिपय पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिले आइतबार मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको हो ।


निगम सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीका अनुसार, स्वचालित मूल्य प्रणली लागू भएपछि परल मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्छ । यो प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्नेछ । खाना पकाउने एलपी ग्याँसको मूल्यमा भने निगमले नाफा नराख्ने निर्णय गरेको छ ।


निगमका अनुसार, यसपटक पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मटीतेलमा समान ४/४ रुपैयाँ मूल्य घट्ने छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया