आज ‘नेपालगन्ज कोरा च्यालेन्ज’

नेपालगन्ज कोरा साइक्लिङ च्यालेन्जको पाँचौं संस्करण आज शनिवार आयोजना हुँदैछ ।


२०११ मा काठमाडौं कोराको नामबाट सुरु भएको यो साइकल यात्रा । अहिले देश भित्र र विदेश गरी ३६ शहरमा आयोजना हुँदैछ । राइड फर कजÞ को रुपमा हुने यो साइकल कार्यक्रम न प्रतिष्पर्धा हो न त र्याली नै, यो आफैले आफैलाई निश्चित उद्देश्यमा फन्ड रेजÞ गर्नको लागि गरिने च्यालेन्ज हो ।

जस्तो एक जना राइडर ले १०० किलोमीटरको राइड गरेर १०,०००/- फन्ड रेज गर्ने प्रतिज्ञा गर्छ भने । प्रति किलोमीटर राइडको १०० रुपैयाको दरले आफ्ना साथी भाइ आफन्त सँग सहयोग जुटाउदै फन्ड रेज गरेर सहयोग पाठाउने गर्द छ । यस पटक कजÞ मा टर्कीमा भर्खरै गएको विनासकारी भूकम्प क्षति भोगेका जनताको सहयोग को लागि आयोजना गरिएको छ ।


जस अन्तरगत शुक्रवार साँझ सम्म २४ लाख १ हजार ३ सय २३ रुपैया बराबरको प्रतिज्ञा आई सकेको छ । २९४९ पुरुष ८५९ महिला र १६ जना अन्य लिङ्गी गरी ३८२४ जनाले १९४,८२६ किलोमीटरको यात्राको च्यालेन्ज प्रस्तुत गरेका छन् ।


२०१५ मा नेपालमा गएको विनासकारी भूकम्प बाट प्रभावितको लागि सहायते रकम लिएर सर्व प्रथम टर्किस एयर लाइनको विमान आएको थियो । त्यसैले यस पटक “अव हाम्रो पालो “ भन्ने स्लोगन बोकेर यस पटकको कोरमा टर्कीको लागि सहयोग रकम जुटाईदै छ ।


कोरा तिबती भाषाबाट लिएको शब्द हो जसको अर्थ धार्मिक स्थलहरूको परिक्रमा गर्ने भन्ने बुझिन्छ । त्यसैको शब्दलाई प्रयोग गर्दै नेपालमा साइकल मार्फत धार्मिक स्थलहरुको परिक्रमा गरिछ ।


नेपालगन्जमा यस पटक ५० जना भन्दा धेरै साइकल यात्रीले यो क्षलेन्जमा सहभागिता जनाउदै छन् । नेपालगन्जमा २५ किलोमीटर, ५० किलोमीटर र १०० किलोमीटरको ३ ओटा रुट तयार गरी विभिन्न ३ समूहमा साइकल यात्री सहभागी हुँदै छन् ।
बिहान ६ बजे न्युरोडमा रहेको बौद्ध गुम्बा बाट सुरुहुने यो साइकल यात्रा बागेश्वरी मन्दिर, एकालाइनिको फुलवारी मस्जीद, बिपी चोकको गुरुद्वारा , कोरियन पुरको ज्योति चर्च, आदर्श नगरको त्रिशक्ति मन्दिर, फुल्टेग्रा स्थित हडिया बाबा मंदिर, चाउलकाको मजार लगाएत १ दर्जन धार्मिक स्थल हरु परिक्रमा गरिने छ भने ५० र १०० किलोमीटर यात्रीहरुले बाके र बर्दियाको केही स्थानका धार्मिक स्थलहरूको पनि परिक्रमा गर्ने छन् ।


कोराका मूल समिति सदस्य गगनसिंह थापाका अनुसार, जसक्रमा १०० किलोमीटर यात्राका यात्रीलाई खजुरा वडा नं १ का अध्यक्ष मनवीर क्षेत्रीले खाजा सहित स्वागत गर्नेछन् भने बढैयाताल गाउँ पालिका वडा न ६ का अध्यक्षले दिनको खानाको व्यवस्था गरेका छन् ।

नेपालगन्जको स्थानीय क्लब, नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्ने कार्यक्रममा नेपालगन्ज बाइसाइकल्स तथा
दैनिक नेपालगन्ज पत्रिकाले सहकार्य गरेको सदस्य थापाले जानकारी दिए ।

आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौला, सचिव प्रदीप सापकोटाले शनिवार बिहान ठिक ६ः०० बजे बौद्ध गुम्बाबाट शुरु हुने नेपालगन्ज कोरा–२०२३ को शुभारम्भ समारोहमा उपस्थितिका लागी आव्हान गरेका छन् ।

‘संचारकर्मी साथीहरू र सिङ्गो नेपालगन्ज शहरबासी ब्यबसायी, उद्योगी, सामाजिक अगुवा, राजनीतिकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, बिद्यार्थी, कानुन ब्यबसायी, मेडिकल पर्सन लगायत सम्पूर्ण क्षेत्र र पेशा आबद्ध महानुभावहरुलाई अनुरोध गर्दछौं,’ उनीहरुले भनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया