शिक्षक भर्नाका लागि डेढ लाख घूस

बाँके नरैनापुर गाउँपालिका वडा नं.६ स्थित एउटा विद्यालयमा शिक्षक भर्नाका डेढ लाख रुपैया घूस लिएको खुलेको छ ।

नेपाल राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय नरैनापुर ६ जमुनीमा २०७९ साल माघ महिनामा शिक्षक भर्नाका लागि भएको विज्ञापनमा भर्ना गराई दिने नाममा नरैनापुर ६ स्थित जय किसान माध्यमिक विद्यालयका लेखापाल राम वरन मौर्यले घूस रकम बुझेको खुलेको हो ।

फरक विद्यालयमा लेखापाल रहेका मौर्यले उक्त विद्यालयका अध्यक्ष अलि अहमद मुकेरीको साथमा सहभागीको घरमा पुगेर घूस रकम एक लाख पचास हजार रुपैया बुझेको खुलेको हो ।

बाँके नरैनापुर गाउँपालिका वडा नं.६ बस्ने शिव कुमार मौर्यको पुगेर शिक्षा भर्ना गराईदिने भन्दै घूस रकम असूल गरेको पीडितले बताएका छन् । घूस लिएपनि परीक्षामा सहभागी नै नगराएको विषय आएपछि निरन्तर घूस रकम फिर्ता माँग गर्दै आएका परीक्षार्थीका बुबाले हाल सम्म रकम समेत फिर्ता नपाएको बताएका छन् ।

तपाईको छोरालाई शिक्षकमा भर्ना गराई दिन्छु, डेढ लाख रुपैया लाग्छ मलाई राम वरन मौर्यले भनेपछि घूस रकम लिन मेरो घरमा आएका थिए, परीक्षार्थी शिक्षकका बुबाले भने, छोरालाई परीक्षामा सहभागी नै नगराएपछि माघ महिना देखि हाल सम्म रकम फिर्ता माँग गर्दै आएको छु ।

जय किसान माध्यमिक विद्यालयका लेखापाल राम वरन मौर्यले कुनै ब्यक्ति संग घूस नलिएको दावी गरेका छन् । मलाई घटना बारे जानकारी नै छैन, उनले भने, घूस रकम दिने ब्यक्ति बारे मलाई कुनै सूचना छैन ।

मलाई बदनाम गराउने उद्देश्यले केहि ब्यक्तिहरु म विरुद्ध लागेका छन्, नेपालगन्ज न्युज संग कुरा गर्दै लेखापाल मौर्यले भने, घटना बारे जानकारी पाएपछि यसबारे म आफै पनि बुझ्ने प्रयास गर्दै आएको छु ।

लेखापाल मौर्य पछिल्लो केहि समय यता पटक पटक आर्थिक अनियमितताको विषयमा चर्चामा रहँदै आएपनि शिक्षा युवा तथा खेलकुद शाखा नरैनापुरले कुनै कारवाही अघि बढाएको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया