मुख्य समाचार नरैनापुरमा मृतकले लेखे कपाली तमसुक By नेपालगन्ज न्यूज - 11 July, 2023 Facebook Twitter Google+ Pinterest WhatsApp सुन्दा आश्चर्य लाग्न सक्छ कि मृत्यु भएको ४ वर्ष पछि एकजना ब्यक्तिले कपाली तमसुक लेखेका छन् । लेख्ने काम मात्रै भएन, उनी आफै उपस्थित भएर मालपोत कार्यालय बाँकेबाट प्रमाणित पनि गराए । त्यसभन्दा बढि आश्यर्च तब लाग्यो जब उनी जीवित फेला परे ।घटना नरैनापुर गाउँपालिका वडा नं.१ बनिया गाउँको हो । सोही ठाउँ बस्ने मुना जोलाहले आफ्नो नाममा रहेको जग्गा छोरी हसमतुल जोलाहको नाममा बकसपत्र लेखी दिएका थिए । निज छोरी हसमतुलको विवाह भारत श्रावस्ती जिल्ला जमुनाहा बजार स्थित भारतीय नागरिक संग भएपछि छोरी हसमतुलको नाममा दर्ता रहेको जग्गा पुनः आफ्नो नाममा कायम गर्नका लागि तत्कालिन कटकुईंया गाबिसमा सल्लाह लिन पुगे । गाबिसको सल्लाह बमोजिम छोरी हसमतुलको २०६८ बैशाख ५ गते मृत्यु दर्ता बनाएर मुना जोलाह जग्गा नामसारीको प्रक्रियामा अघि बढे । तर, २०७२ साल पौष १८ गते मृत्यु भयो । त्यसपछि जग्गामा हाल नरैनापुर गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष इसहाक अहमद जोलाहको ।उनले जग्गा फिर्ता ल्याउने प्रक्रिया अनुसार २०७२ साल चैत्रमा हसमतुललाई ऋणि राखेर २० लाख रुपैयाको तमसुकमा आफ्नो श्रीमती कलामुन निशा जोलाहिनीलाई धनी गराए । सोही अनुसार २०७३ सालमा इसहाक जोलाहले आफु धनी भएर पुनः १० लाख रुपैयाको तमसुक गराए ।इसहाक जोलाहले लेखाएको १० लाखको तमसुकको लेनदेन मुद्दा बाँके जिल्ला अदालतमा २०७७।६।१६ गते दर्ता भई २०७७।११।११ गते फैसला समेत भएको छ । फैसला बमोजिम निज हसमतुलको नाममा दर्ता रहेको जग्गा लिलाम गरेर विगो असूल गर्ने तयारी छ ।मुद्दामा ४ लाख ४४ हजार १ सय १६ रुपैया ब्याज भएको फैसलाले देखाएको छ । तमसुकका लागि हसमतुल जोलाह र इसहाक जोलाह दुबैको मिलोमतो रहेको पाइयो, अधिवक्ता राजेन्द्र विश्वकर्माले भने, जीवित ब्यक्तिलाई मृत्यु भइसकेको उल्लेख गर्नुनै गलत हो ।जग्गा प्राप्त गर्ने अन्य प्रक्रियाहरु रहेकै अवस्थामा जीवितलाई नै मृत्यु भएको पुष्टि गरिएको छ, नेपालगन्ज न्युज संग कुरा गर्दै अधिवक्ता विश्वकर्माले भने, भारतमा विवाह भएको महिला हसमतुललाई मृत घोषित गरिएको हो ।तमसुक गर्नु अघिनै उनको मृत्युदर्ता कायम रहेको पाइयो, अधिवक्ता विश्वकर्माले भने, तर पीडित ब्यक्तिलाई समेत मिलोमतो गरिएको कारण कुनै कारवाही अघि बढ्न सकेन । प्रतिक्रिया प्रतिक्रिया