नेपालगन्जमा मनाइयो भानु जयन्ती, योगदानको चर्चा

नेपालगन्जमा शनिवार २१० औँ भानुजयन्ती मनाइएको छ ।


आदीकवि भानुभक्त आचार्यको स्मृतिमा शाश्वत आचार्य स्मृति प्रतिष्ठान बाँकेले विभिन्न बिधाका लेखक, प्राध्यापक, शिक्षक, साहित्यकारहरुको सहभागितामा भानु जयन्ती मनाएको हो ।


प्रतिष्ठानका सभापति प्रा. डा. जनार्दन शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली भाषा साहित्य र भानुभक्तका योगदानमा बिचार बिमर्श गरिएको थियो ।


नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञसभा सदस्य शशिराम कार्की, महानन्द ढकाल, भेरी साहित्य समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सिना, खजुरा प्रज्ञा प्रतिष्ठानका उप– कुलपति डा. ईन्द्रबहादुर भण्डारी, साहित्यकार खगेन्द गिरि कोपिला, लेकप्रसाद प्याकुरेललगायतले भानुभक्त का रचना र तिनले नेपाली समाजलाई एकतामा बाध्न खेलेको भूमिका बारे चर्चा गरे ।


युवाकवि नवीन अभिलाषी, चरित्रा शाह, लक्ष्मी बस्याल, ईन्दिरा गौतम, पुष्कर रिजाल, बालकृष्ण शर्मा र मानबहादुर नेपालीलगायतले आफ्ना कविता वाचन गरेको कार्यक्रम प्रतिष्ठानका सचिव दिप पन्थीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया