राष्ट्रिय खेलाडीलाई बाँके खेलकुद विकास समितिको सम्मान

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिपक सिंह ठकुरीलाई बाँके जिल्ला खेलकुद विकास समितिले स्वागत सम्मान गरेको छ ।


नेपालगन्जमा सोमवार औपचारिक कार्यक्रम आयोजना गरि बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिप जंग शाहलगायतका पदाधिकारीहरुले ठकुरीलाई स्वागत सम्मान गरेका हुन् ।


नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउँदैं उत्कृष्ट प्रदर्शन गरेका ठकुरीले यस क्षेत्रको प्रतिष्ठा बढाउने काम गरेकाले सम्मान गरिएको जिल्ला अध्यक्ष शाहको भनाइ छ । उनलाई प्रोत्साहनका लागि नगद ५ हजार रुपिया पनि प्रदान गरिएको उनले बताए ।


यसैवर्ष राष्ट्रिय फुटबल टिममा पुगेर उत्साहजनक प्रस्तुति दिन सफल ठकुरी बाँकेको खजुरा – २ निवासी हुन् । बाँके जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली फुटबल टिममा पर्ने उनी यस जिल्लाको पहिलो खेलाडी हुन् । ‘त्यसैलेपनि हामी उत्साहित छौं,’ फुटबल प्रशिक्षक जनक केसीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया