रोटरीमा नेतृत्व हस्तान्तरण

रोटरी क्लब अफ सेन्ट्रल बाँकेको तेस्रो पद हस्तान्तरण गरिएको हो

रोटरी क्लब अफ सेन्ट्रल बाँकेले नेपालगन्जमा तेस्रो पद हस्तान्तरण कार्यक्रम गरेको छ ।
रोटरी बर्ष २०२२/२३ का अध्यक्ष बिश्वराम भण्डारीले रोटरी बर्ष २०२३/२४ का अध्यक्ष किशोर कृष्ण भण्डारीलाई पदभार हस्तान्तरण गरेका हुन् ।


अध्यक्षसँगै उपाध्यक्षमा पंकज श्रेष्ठ, प्रेसिडेन्ट इलेक्टमा डा. प्रचण्ड गौतम, प्रेसिडेन्ट नोमिनीमा टेक बहादुर पुन, सचिवमा बसन्त थापा, कोषाध्यक्षमा ईश्वरी जंग मल्ल, प्रशासन प्रमुखमा गंगा राम चौलागाई, टि.आर.एफमा डा. नबिन बुढाथोकी, सर्भिस प्रोजेक्टमा बिमल कार्की, सदस्यता तर्फ मिन बहादुर मल्ल, पब्लिक इमेज प्रमुखमा बिधान न्यौपाने र सर्जेन्ट एट आर्मसमा सन्तोष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।


अध्यक्ष भण्डारीले २०२३/0२४ का सम्पूर्ण बोर्ड सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

पद हस्तान्तरण गर्दै अध्यक्ष भण्डारीले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराए । उनले एक वर्षको अवधिमा आफ्नो नेतृत्वले बृहत आखा शिविर सञ्चालन, बाल मन्दिर स्कुललाई आवश्यक सामग्री प्रदान लगायतका कामहरु गरेको बताए ।


एसिस्टेन्ट गभर्नर हिरा बहादुर शाहले कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै समुदायमा रोटरीको उपस्थिति र भुमिका अतुलनिय रहेको बताए । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको वर्तमान नेतृत्वलाई बिगतका योजनाहरुलाई निरन्तरता दिदैं अघि बढ्न शाहले आग्रह गरेका थिए ।


पदभार ग्रहण गर्दै अध्यक्ष किशोर कृष्ण भण्डारीले आगामी कार्ययोजनाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्लवका चार्टर प्रेसिडेण्ट डा. कुमार शान शाहले विशेष सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया