मुख्य समाचार आज नरैनापुरको गाउँसभा By नेपालगन्ज न्यूज - 25 June, 2023 Facebook Twitter Google+ Pinterest WhatsApp ४८ करोडको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी बाँके नरैनापुर गाउँपालिकाले आज १३औं गाउँसभाको तयारी गरेको छ । संघीय सांसद सुर्य ढकाल र लुम्बिनी प्रदेश सांसद कृष्णा केसीले संयुक्त उद्घाटन गर्ने कार्यक्रमको सबै तयारी पूरा भएको गाउँपालिकाले जनाएको छ ।नरैनापुर गाउँपालिकाको कार्यालय अगाडी गर्ने भनिएको गाउँसभा मौसम खराबीका कारण प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको सभाहलमा सारिएकोको नरैनापुरका वित्तीय प्रशासक प्रकाश अधिकारीले बताए ।करिब ४८ करोडको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको गाउँसभा आज विहान ११ बजे उद्घाटनको तयारी रहेको अधिकारीले जानकारी दिए । प्रतिक्रिया प्रतिक्रिया