बाँके नरैनापुर गाउँपालिकाले विद्यार्थीलाई शैक्षिक सामाग्री सहित वितरण गरेको झोलामा ब्यापक अनियमितता भएको खुलेको छ ।
विद्यार्थीका लागि मात्र १९ हजार रुपैयाको झोला खरीद गरी उक्त झोला वितरणका लागि आयोजना गरेको कार्यक्रममा ७३ हजार रुपैया खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।
लेखा परीक्षकले उक्त ७३ हजार रुपैया अनावश्यक खर्च भएको भन्दै बेरुजुको सूचीमा रखेको छ ।
विद्यालयमा उपलब्ध हुने दिवा खाजा, जिन्सी लगत, गाउँपालिकाले खरीद गरेको सामाग्री, भर्ना गरेका कर्मचारी लगायतमा समेत अनियमितता रहेको प्रतिवेदनमा उल्लेख छ ।