कर्मचारी आन्दोलित, नरैनापुरमा तालाबन्दीको तयारी

कर्मचारी सुरक्षा, सेवा सुविधा, रोजगारको सुनिश्चितता माँग नरैनापुर गाउँपालिकामा कार्यरत करार कर्मचारीलाई सुविधाबाट कटौती गरिएको विरोधमा आज आन्दोलनको तयारी छ ।

२०७९ माघ महिना देखि तलब नपाएको, विभिन्न सुविधाबाट बञ्चित गरिएको, कर्मचारीको सुरक्षा नभएको भन्दै गाउँपालिकामा कार्यरत एक सय भन्दा बढि करार कर्मचारीले गाउँपालिका कार्यालयमा तालाबन्दीको गरेका हुन् ।

हामीलाई ब्यवहारिक रुपमा विभेद गरिएको छ, नेपालगन्ज न्युज संग कुरा गर्दै आन्दोलनका मुकद्दर अली मुकेरीले भने, पटक पटक विभिन्न बैठक र छलफलबाट आफ्ना माँगहरु सम्बोधन गर्न आग्रह गर्दा पनि केहि नभएपछि तालाबन्दीको तयारी गरेका छौं ।

वडा अध्यक्ष लगायत नेताहरुबाट कर्मचारीलाई धम्की आउने, तलब समयमा नदिने, कर्मचारीलाई विभेदकारी ढंगबाट प्रयोग गर्ने लगायत कार्य विरुद्ध हामीले आन्दोलन तय गरेका छौं, मुकेरीले भने, तत्काल हाम्रो माँग सम्बोधन नभए कडा आन्दोलनमा जाने तयारी पनि छ । आज विहान १० बजे गाउँपालिका कार्यालयमा करार कर्मचारी गोलबद्ध भई तालाबन्दीको तयारी गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया