मदन भण्डारीको ३० औं स्मृतिमा जबजको परिचर्चा

बाँकेमा सोमवार जनताको बहुदलीय जनवादको परिचर्चा र बहस गरिएको छ । नेपाल बुद्धिजीवी परिषद्, बाँकेले जबजका प्रणेता स्व. मदन भण्डारीको ३० औं स्मृति दिवस पारेर सोमवार त्यसबारे परिचर्चा आयोजना गरेको हो ।

कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठन प्राध्यापक डा. बेदराज केसी, पूर्व सांसद देवराज भार, जिल्ला पार्टी उपाध्यक्ष डिल्ली विसी, मीन बहादुर मल्ल लगायतले बोलेका थिए । जनताको बहुदलीय जनबाद नेकपा एमाले आफनो मार्गदर्शक सिद्धान्तको रुपमा अपनाएको बिषयलाई बहसमा परिचर्चा गरिएको हो ।

यसअघि मदन भण्डारीको ३० औं स्मृति दिवस पारेर राष्ट्रिय जनसंस्कृत महासंघ नेपाल जिल्ला कमिटी बाँंकेले जनबादी सांस्कृतिक, सांगीतिक सहित्यिक कार्यक्रमका साथै श्रष्टा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य बाबुराम गौतमले मदन भण्डारी बहुमुखी प्रतिभाका बारे प्रकाश पारेका थिए ।

बिशिष्ठ अतिथि प्राज्ञ सदस्य महांनन्द ढकाल, एमाले केन्द्रीय लेखा आयोगका सदस्य बिजया धिताललगायतले बोलेका थिए ।

जनसंस्कृत महांसंघ नेपालका केन्द्रीय सदस्य लुम्बिनी प्रदेश उपाध्यक्ष एवं बाँंके जिल्ला कमिटी अध्यक्ष भीमकान्त लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो चरणको संचालन सचिव गीता अर्याल र दोश्रो सत्र साहित्यकार लेक प्याकुरेलले संचालन गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया