५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका–८ सतबरिया संघर्ष टोल ५० वर्षीय जनकु चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीपछि चौधरी फरार रहेका थिए ।
सुराकीका आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई शनिवार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।