सत्तारुढ सांसद आफै अनसनमा

बर्दियाबाट प्रतिनिधिसभा सदस्य सञ्जय गौतम विकास निर्माण लगायतका विभिन्न माग अघि सार्दै आमरण अनसन (सत्याग्रह)मा बसेका छन् ।

सत्तारुढ नेपाली काँग्रेसका सांसद गौतम शनिबार बर्दिया क्षेत्र नं. १ बाँकी ३ पेजमा अन्तर्गतको जब्दीघाट स्थित पुलमूनि टेन्ट लगाएर आमरण अनसनमा बसेका हुन् । उनले आफ्ना विभिन्न १५ वटा मागहरूको सूचिको पहिलो नम्बरमा जब्दीघाटमा भत्किएको पुल निर्माणको काम सुरु गर्न दबाब दिएका छन् ।


अन्तिम मागका रूपमा भ्रष्टाचार, बथिति, कमिशन तन्त्र र कु्शासनका कारण मुलुक आक्रान्त भएको भन्दै जनताले सुशासनको अनुभूति पाउने गरी सबै खाले भ्रष्टाचारको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाहीको माग सूचिकृत गरेका छन् ।


सत्तारुढ दलकै सांसद बर्षौदेखि भत्किएको पुलमूनि गएर गरेको आमरण अनसनलाई धेरैले ‘स्टन्ट’ गरेको भन्दै आलोचना गरेका छन् । ‘तपाई आफै सत्तारुढ दलको सांसद हुनुहुन्छ, हामीले जनताको माग र मुद्दा सम्बोधन गर्न तपाईलाई भोट हालेको हो, अनशन बस्न होइन’, सांसद गौतमको अनसन प्रति टिप्पणी गर्दै सामाजिक सञ्जालमा भनिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया