İstanbul escort bayan
Adana Escort bayan
बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल सहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो ।
मृतक सहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन् । प्रहरीका अनुसार सहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए । उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक साहानीसँगै उनका जेठान दत्त पुन रहेका थिए ।
घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहानीको शव मेडिकल कलेज कोहलपुरमा राखिएको छ । रासस
प्रतिक्रिया