‘मानसिक स्वास्थ्य अझ बढी संवेदनशील’

सी.एम.सी–नेपालकोे २० औं वार्षिकोत्सव

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र – नेपालको २० औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै कार्यबाहक राष्ट्रपति यादव

कार्यबाहक राष्ट्रपति राम सहाय प्रसाद यादवले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई हेयको दृष्टिले हेर्ने पुरातन दृष्टिकोणका कारण यो अझ बढी संवेदनशील रहेको बताएका छन् ।


मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र – नेपाल (सी.एम.सी–नेपाल) को स्थापनाकालको २० औं वार्षिकोत्सवको कार्यक्रममा सोमवार उपराष्ट्रपति यादवले उक्त कुरा सम्बोधनका क्रममा भनेका हुन् । उनले नेपालको संविधानलेनै आधारभुत स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेकाले नेपाल सरकारको योजना बमोजिम सरकारको प्रयत्नहरुमा गैर सरकारी क्षेत्रको हातेमालो अत्यन्त आवश्यक रहेको जोड दिए ।


उपसभामुख इन्दिरा रानाले मानसिक स्वास्थ्य अझ महत्वपूर्ण रहेकाले नेपाल सरकार, विकास साझेदारहरु सबै मिलेर यसका निम्ती थप लगानी आवश्यक परेको धारणा राखिन् । उनले मानसिक स्वास्थ्यको क्षेत्रमा राज्य र गैर सरकारी क्षेत्रको कामले नै सेवाप्रधान सम्भव रहेको भन्दै अझै जेल जीवन बिताइरहेका व्यक्तिहरुलाई मानसिक स्वास्थ्यमा समेत ध्यानदिन जरुरी रहेको औल्याइन् ।


नेपाल सरकार, स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले आत्महत्या रोकथाम र शहरी विकास अन्र्तगत मानसिक स्वास्थ्यको विषयमा काम गरिनुपर्ने अवस्था आएको बताएका थिए ।


कार्यक्रममा स्वास्थ्य सचिव डा. पोखे्रलले भने, ‘मानसिक स्वास्थ्य रणनीति कार्यान्वयन गर्न सबै भन्दा महत्वपूर्ण कार्य भनेको सचेतना फैलाउनु र भ्रम निवारण गर्नु हो, यसमा सी.एम.सी नेपालको भूमिका उल्लेख्य छ ।’


संस्थाका अध्यक्ष एसपी कलौनीको अध्यक्षतामा भएको २० औं वार्षिकोत्सवको औपचारिक र भव्य समारोहमा सी.एम.सी नेपालको यस अवधीमा गरिएका कार्यक्रमहरुको प्रस्तुतीकरण संस्थाका प्राविधिक निर्देशक डा. पशुपति महतले प्रस्तुत गरेका थिए ।


कार्यक्रममा प्रतिनीधि सभाका सदस्य मैना कार्की, स्वीजरलेण्डका लागि नेपाल स्थीत राजदूत इलिजाभान क्यापलर, शिक्षा, विज्ञान तथाप्रविधि मन्त्रालयका रुद्र प्रसाद अधिकारी लगायतले मानसिक स्वास्थ्य अझै प्राथमिकतामा राखि काम गर्नुपर्ने कुरामा जोड दिएका थिए ।


समारोहमा २० औं वार्षिकोत्सवको सन्दर्भमा स्मारिका विमोचन गरिएको थियो ।


त्यसै अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेल, इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगत नसर्ने तथा मानसिक स्वास्थ्य एकाईका प्रमुख डा. फणिन्द्र बराल, वरिष्ठ मानसिक रोग विशेषज्ञहरु, त्रिभुवन विश्व विद्यालय मनोविज्ञान विभाग प्रमुख प्रोफेसर डा. नन्दिता शर्मा समेतको सहभागितामा ‘प्यानल डिस्कसन’ गरिएको थियो ।


सी.एम.सी नेपालले सन २००३ देखि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य स्थापनार्थ विभिन्न १५ वटा परियोजना संचालन गर्नुका साथै हाल ५१ जिल्लाका २ सय ६ स्थानीयतहमा काम गर्दै आइरहेको संस्थाका प्रादेशिक संयोजक हिमाल गैरेले जानकारी दिए ।


समारोहमा उत्कृष्ट सेवा पदक, विषयगत सेवा पदक र संस्थामा महत्वपूर्ण योगदान गर्ने कर्मचारी, संस्थाका संस्थापक एंव दातृ निकायहरुलाई प्रशंसा सहित सम्मान समेत प्रदान गरिएको थियो ।

विषयगत सेवातर्फ समन्वय तथा साझेदारीमा उत्कृष्ट सेवा पदक ग्रहण गर्दै सी.एम.सी नेपाल प्रादेशिक संयोजक हिमाल गैरे


उत्कृष्ट सेवा पदक पाउनेमा डा. पशुपति महत (अनुसन्धान), हिमाल गैरे (समन्वय तथा साझेदारी) र मधुविलाश खनाल (प्रकाशन) ले विषयगत सेवातर्फ उत्कृष्ट सेवा पदक प्राप्त गरेको संस्थाले जनाएको छ ।


त्यस्तै, गगन ब. वली (सुर्खेत), टंक प्रसाद तिमिल्सीना (कालिकोट), सरिता लामा (सर्लाही), कृष्ण राजवंशी (मोरंग) र रमिता श्रेष्ठ (ओखलढुंगा) उत्कृष्ट सेवा पदक प्राप्त गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया