ईन्जिनियरसँग ब्रह्माकुमारीको स्नेह मिलन

बाँकेका आर्केटेक्ट र सिभिल ईन्जिनियरसँग ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय नेपालगन्जले आइतवार स्नेह मिलन गरेको छ ।

नयाँ वर्षका अवसरमा ब्रह्माकुमारीले सकारात्मक चिन्तनद्वारा खुशीयाली जीवनका विषयमा स्नेह मिलन एवं शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राज योगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाई संघीय कार्यालयका टीम लिडर ईन्जिनियर हरिप्रसाद ढकालको प्रमुख आतिथ्यता भएको थियो ।

अन्तर्राष्ट्रीय मोटिवेशनल ट्रेनर स्पीकर ब्र.कु.रमण भट्टराईले कार्यकमलाई रमणीक, उमंगीत बनाएर सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

सहभागीहरुलाई ब्र.कु.आरतीले गोल्डेन टिप्स दिएर सबैलाई उत्साहित बनाएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका आर्केटेक्ट ईकाईका संयोजक निवेश कुमार शर्माले स्वागत मन्तव्य राखेका थिए ।

संस्थाका क्षेत्रीय सचिव ब्र.कु.कृष्ण ब.रानाभाटले कविता वाचन र कार्यक्रम संचालन राजयोग प्रशिक्षिका, क्षेत्रीय उप प्रमुख ब्र.कु.मुनाले गरेकी थिइन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख ईन्जिनियर भुपेन्द्र बोहरा, शहरी विकास तथा भवन निर्माण कार्यालय, संघीय आयोजना कार्यान्वयन ईकाइका निमित्त आयोजना प्रमुख विजय केसर खनाल, शहरी विकास तथा भवन निर्माण कार्यालय, प्रदेश आयोजना कार्यान्वयन ईकाइका आयोजना प्रमुख राम आश्रय साह कार्यक्रममा सहभागी थिए ।

त्यस्तै, शिखा बोर्डिंङ स्कूलका प्रिन्सिपल डा. राजकुमार सुवेदी, ईन्जिनियर बिवेक नेपाल, महेश थापा, रमेशकुमार यादव, बढैयाताल गाउँपालिकाका ईन्जिनियर केशव पौडेल लगायतको सहभागितामा विभिन्न वक्ताहरुले बोलेका थिए ।

कार्यक्रमका अध्यक्ष राजयोगिनी ब्र.कु.दुर्गा दिदीले आशीर्वचन दिंदै २४ घण्टामा १ घण्टा आफ्नो लागि, अन्तर्जगतको यात्राको लागि, आध्यात्मिकता लागि, ईश्वरसंग सम्बन्ध जोड्नका लागि समय छुट्याउन सकेमा जीवनमा ठूलो परिवर्तनको शक्तिको महसूस गर्न सक्नु हुनेछ बताइन् ।

उनले भनिन्, ‘आफ्नो गन्तव्यमा पुग्न, जीवनको यात्रामा सफलतालाई प्राप्त गर्न, अनेकौंले ग्लानी र निन्दा गरिरहँदा, कमजोरी औल्याउने व्यक्ति हजारौं भेटिरहँदा सम्झनुहोला मेरो रुखको डालीमा मीठो फल लागेछ, फलेको रुखलाई नैं सबैले झटारो हान्छन्, यस्तो बेला दुःखी नहुनुहोला, आफूलाई पाको परिपक्व भएको महसुस गर्दै अगाडि बढ्नुभयो भने कसैको नकारात्मक असर आफुमाथि पर्दैन ।’

प्रतिक्रिया

प्रतिक्रिया