मन्सुरी महासंघमा केन्द्रीय सदस्य निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी निर्वाचित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएपछि प्रचारप्रसारका क्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र उनलाई निर्वाचित गराउन अभियानमा होमिएका नेपालगन्जका व्यवसायीहरु

उनले जिल्ला–नगरतर्फ खसेको ११७ मध्य ७० मत प्राप्त गरि निर्वाचित भएको निर्वाचन अभियानमै रहेका महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।


मन्सुरीका पक्षमा निर्वाचन प्रचारप्रसारका लागि नेपालगन्जबाट ठुलै टोली राजधानी काठमाडौं पुगेको थियो । ‘नेपालगन्ज एक ढिक्का भएर अध्यक्षज्यूका लागि होमिएको छ,’ संघका सदस्य भीमबहादुर रानाभाटले भने, ‘त्यसअनुसारको रिजल्ट पनि आएकाले उत्साहको अवस्था छ ।’


त्यसअघिनै महासंघको बस्तुगत तर्फको कार्यकारिणी समितिको नतिजा आएको छ ।


यो मत गणना अनुसार ८ जना कार्यसमिति सदस्य उमेशलाल श्रेष्ठको निर्वाचित भएका छन् भने अन्जन श्रेष्ठको पनि ६ जना सदस्य नै निर्वाचित भएका छन् । उमेश लाल प्यानलबाट कमला श्रेष्ठ, डा. सुबोध कुमार गुप्ता, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान र हरिबहादुर कार्की निर्वाचित भएका छन् ।


अन्जनको प्यानलबाट अरनिको राजभण्डारी, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की “राजु”, शिवप्रसाद घिमिरे र शोभा ज्ञवाली निर्वाचित भएका छन् ।


त्यस्तै, महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उनी उमेशलाल श्रेष्ठ प्यानलका हुन्।
बुधबार भएको निर्वाचनको मतपरिणामअनुसार ढकालले ६१ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी मनिषलाल प्रधानले ५८ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका शकुन्तलाल हिराचनले ७ मत प्राप्त गरेका छन् ।


जिल्ला–नगरतर्फ ११७ मत तथा वस्तुगततर्फ १२३ र एसोसिएटतर्फ १,६३७ मत खसेको थियो । बुधबार काठमाडौंस्थित प्रज्ञा भवनमा बिहान १० बजेदेखि मतदान सुरू भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया