खजुराका कर्मचारीले जारी गरे सुशासनका पक्षमा प्रतिबद्धता

खजुरा गाउँपालिकाले सुशासनका लागि कर्मचारी र जनप्रतिनिधि बीच सहकार्यको पहल लिएको छ । त्यसका लागि जनप्रतिनिधि र कर्मचारी बीच अन्तरक्रियात्मक कार्यक्रम गरेको पालिकाले शुक्रबार एकै ठाउँमा बसेर सुशासनका लागि मिलेर जाने कुरामा एकमत बनाएको हो ।


‘कुनै एउटा पक्षले मात्रै गरेर पालिकाको सुधार सम्भव छैन’, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले छलफलपछि भएको सहमति खुलाउँदै भने, ‘यसले सुशासनका लागि कर्मचारी र जनप्रतिनिधि उत्तिकै जिम्मेवार छन् भन्ने कुरालाई सँगसँगै लैजान खोजिएको छ ।’


त्यतिमात्रै होइन खजुराले नागरिकलाई पनि उत्तिकै जिम्मेवार बनाउन प्रयास थालेको छ । ‘हामी आफ्ना तर्फबाट प्रतिबद्धता सार्वजनिक गरेका छौं’, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले शुक्रबारको छलफलपछि विभिन्न १५ बुंदे सामूहिक प्रतिबद्धता कर्मचारीहरूबाट लिखित रूपमा जारी भएको जानकारी दिंदै भने, ‘सम्भवतः यसैसाता जनप्रतिनिधिहरूका तर्फबाट पनि यस्तै खाले प्रतिबद्धता लिखित रूपमा जारी हुन्छ ।’


पालिका अध्यक्ष डम्मर बहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल सहित वडाध्यक्ष, कार्यपालिका सदस्यहरू समेतको सहभागितामा भएको अन्तरक्रियामा खुलेर बहस भएको थियो । सुरुमा दुवै पक्षबाट आरोप–प्रत्यारोप भएपनि अन्त्यमा जनप्रतिनिधिका तर्फबाट अध्यक्ष विकले र कर्मचारीका बाँकी ३ पेजमा तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुवेदीले पालिकामा सुशासनका लागि दुवै पक्ष मिलेर जानुपर्ने बाटो निकालेका थिए ।


त्यसपछि खजुरा पालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीहरूका तर्फबाट १५ बुंदे सामूहिक प्रतिबद्धता जारी भएको हो । कर्मचारीहरूले आर्थिक अनुशासन र सदाचारितालाई पालना गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।


‘हाम्रा प्रतिबद्धता पालना भए, नभएको अब सञ्चारकर्मीहरूले अनुगमन गर्नुहुनेछ’, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सुशासनका लागि सबैको भूमिका खोजिएको प्रष्ट पार्दै दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया