सहकारीमा विद्यमान चुनौति र उपाय

लोकेन्द्र चन्द

सहकार्य नै सहकारी हो । सदस्य द्धारा सदस्यका लागि संचालन तथा नियन्त्रण गरि सहकार्य गरिनु नै सहकारी पद्धति हो । सहकारीमा दिन दिनै नया नया विभिन्न घटना आइरहेका छन एक्कासी किन आयो त यस्ता खालका घटना हरु ? के साचिकै सहकारीमा समस्या आएकै हो त ?

केहि सहकारीका संचालन तथा कर्मचारीका कारण आज देशभरिका सहकारीहरु अन्यौल र समस्याको भुमरीमा मुछिनु परेको हो भन्ने महसुस गरिरहेका छन । झन त सरकाले बचत तथा ऋणको कारोवार गर्ने समस्याग्रस्त सहकारीहरुका लागि छानविन समिती गठन गरेपछि सर्वधारणको करिब १४ अर्व रुपैया फिर्ता नभएको भन्दै उजुरी दिएपछि सहकारी क्षेत्र ठगिका कुरा बाहिर आएको हो ।

देशभरिका करिब ४५ लाख सर्वसाधरण सहकारीमा आवद्ध रहेको भनिएपनि करिब १ करोड भन्दा बढि सर्वसाधरण यस क्षेत्रमा आवद्ध हुनसक्ने सहकारी जानकार बताउछन । यति धेरै आम सर्वसाधरणले विश्वास गरेको सहकारीमा केहि संस्थाका संचालकहरुले बदनाम गर्न पुग्दा देशभरिका सहकारीहरु बदनाम हुन पुगेका हुन ।

बास्तवमा सहकारीमा समस्या नआएको भन्ने होइन आएको छ विभिन्न नितिको कमि, भन्सार निति, आर्थिक निति, अस्थायी सरकार, राजतिनी समस्या र अन्र्तराष्टिय समस्याले देशलाई अछुतो राख्न सकेन जसमा सहकारी पनि परेको छ ।

हकारीमा मुख्य समस्या के हो त सवै सहकारीले बुझन जरुरी छ । केहि व्यक्तिहरुको हालिमुहालिलाई सहकारीको नाम दिदा अवश्यनै सहकारीमा समस्या आउछ । सहकराीका आफनो ७ वटा मुख्य सिद्धान्तहरु छन ति सिद्धान्तहरुलाइ अक्षरक्ष पालना गर्नेहो भने सहकारीमा समस्या आउदैन ।

अरुको देखासिखि गर्नु , कार्यक्षत्र भन्दा वाहिर गइ कारोवार गर्नु , आफना सदस्यमै विभेद गर्नु, सहकारीको शिक्षाको कमि हुनु, पारदर्शिता र जवाफदेहिताको कमि हुनु । संस्थागत निर्णय भन्दा पनि संस्थामा व्यक्ति हावि हुनु , मध्यस्थकर्ताको माध्यामबाट निक्षेप संकलन गर्नु , व्याजदरको निर्णय आफुखुसि वा सदस्यसंगको सम्बन्ध अनुसार गर्नु , कर्जाको सुरक्षण नगरि ठुलो रकम कर्जा लगानि गर्नु ।

निक्षेप रकमलाई व्यक्तिगत व्यवसायमा प्रत्यक्ष लगानि गर्नु । अनुत्पादक क्षेत्रमा कर्जा लगानि गर्नु, र वित्तिय साक्षरताको अभाव हुनु मुख्य कारण हुन ।

कर्जा दिदा १ वर्ष कम्तिमा समय सिमा दिने अनि बचत लिदा ३ महिना ६ महिनाको समय सिमा लिदा बाकि ९ महिनाको विचमा गरिने कारोवारको सुरक्षा कसरी हुन्छ र बचत तथा कर्जा को मेल कसरी भयो ? यसरी सदस्यसंग कारोवार गर्दा कुनै न कुनै दिन सहकारी धरापमा पर्ने निश्चित हुन्छ ।

सहकारी संचालनका लागि भनेर मात्र सहकारीमा पैसा जम्मा गर्ने र कर्जा लगानी गर्ने भन्दा अर्को काम गरेको पाइ“दैन, सहकारीको समाजमा निकै ठुलो तथा फराकिलो दायित्व हुन्छ । त्यसैले सहकारी का ७ वटै सिद्धान्तलाई अक्षरक्ष पालना गर्ने हो भने सहकारी सफल हुन्छ ।

५,७ वर्ष अगाडी सम्म बचत कम्तिमा पनि १ वर्षे कार्यकालको हुने गरेको थियो । विस्तारै आएर देखासिखि, छिटो पैसा संकलन गर्ने नाउमा सदस्य संख्या बढाउने नाउमा गलत वाटो अपनाएको जस्तो देखिन्छ ।
सदस्यहरु मेरो पैसा डुव्यो लौ न मेरो बचत निकालि दिनु पर्यो भन्दछन । यहां सहकारीको तरिकावाट सोचननिय विषय के छ भने त्यो डुव्यो भन्ने सहकारीको मालिक को हो ? तपाइ स्वयम होइन र ? तपाइले त्यो आफनो सहकरीमा कत्तिको भुमिका निभाउनु भयो ? कत्तिको समय दिनु भयो कतिको आफनो अधिकार तथा सहकारीको हिसाब किताबको लेखाजोखा राख्नु भयो ?

सहकारीका संचालक कर्मचारीले सहकारीमा कुनै गलत कृयाक्लाप वा गलत आर्थिक लाभ गरिरहेका छन कि केहि बुझने प्रयास गरियो त गरिएन गरेको भए आज पैसा डुव्यो भनेर प्रहरी कार्यालय वा प्रशासन जाने दिन आउथेन ।

फनो सहकारीमा व्याज दर कति राख्ने भन्ने निर्णय स्वयम आफै सदस्यहरुले नै निर्णय गर्ने हो अनि बाहिर गएर व्याजमा ठगि भयो भन्न मिल्दै मिदैन सहकारीमा स्वनिर्णयको अधिकार छ ।

सहकारी एक जनाको कहिले हुदै हुदैन जति जना शेयर सदस्य छन तिनीहरुको सहकारी हो भने गल्ति हामि आफै गर्ने अनि अरुलाई बचाइदिनु परयो भनेर गुहार माग्नु बेकार हो ।


बजारी क्षेत्रमा त एक जनाले ८ देखि १० वटा सहकारी संस्थाको शेयर लिने तथा बचत गरेको पाइन्छ किनकि बैकमा कर्जा लिन झझंट हुने भएकाले पनि सहकारीमा कर्जा सहज तरिकाले पाइने कर्जा सुरक्षण धितो दिनु नपर्ने भएका कारण धेरै सहकारीको सदस्य बन्नाले सहकारी प्रति अपनत्व हुदैन, १० सहकारीमध्य आफनो सहकारी कुन त ? कसलाई माया गर्ने त ? तसर्थ सहकारीले सहि र राम्रो सदस्य नपाउदा सहकारी सहकारी जस्तो हुदैन ।

राजनिति सहकारीको लागि अर्को घाडो बनेको छ । सहकारी स्वच्छ छविको हुनु पर्नेमा हाल आएर पार्टिको पेवा जस्तो बनेको छ । आफनो प्यानलका लाइ जिताउने , कर्मचारी भर्ना गर्दा पार्टिको भनसुनवाट हुने आफनो पार्टिका भनेर भागवण्डा गर्नाले हाल आएर यो स्थिति पनि बनेको हो किनकी सहकारीको पदाधिकारी वा संचालक हुनका लागि त पहिले प्रर्याप्त मात्रमा सहकारी बुझेका प्रयाप्त तालिम लिएको हुनु पर्दछ ।

सहकारीको स थाह नपाउने ले राजनितिको आडमा संचालक हुदा उनिहरुवाट सहकारी डुव्ने ठुलो सम्भावना हुन्छ ।

त्यसैले सहकारीमा कम्तिमा पनि अध्यक्ष , उपाध्यक्ष , सचिव , लेखा संयोजक , कर्जा संयोजक हुनकालागि १ कार्यकाल सदस्य भइ राम्रो संग कार्यकाल पुरा गरेका वा सहकारीको विभिन्न तालिम मा सहभागि भएका व्यक्ति लाइ मात्र यि माथिका पद मा उम्मेदवारी दिन सकिने गरी विनियम संसोधन गर्न अति आवश्यक छ ।

सहकारीमा समस्या छ भन्दा फरक पर्देन तर सवै सहकारीमा भने त्यस्तो छैन निकैराम्रो सेवा सुविधा दिने सहकारीहरु पनि प्रसस्त छन । सहकारीको धारण सिद्धान्त निकै राम्रा छन ।

सदस्य आफै मालिक हुने प्रणाली नै सहकारी हो तर सहकारीमा जब मालिक र कामदार वा हाकिम र ऋणीको वर्गिकरण हुन्छ नि कुनै न कुनै दिन सहकारी धराप मा पर्छ पर्छ ।


बैक तथा वित्तिय संस्थालाइ राष्ट्रबैक ले नियन्त्रण गर्ने गरेको छ । राष्टबैकले नियम भन्दा वाहिर गएर एक कदम पनि आफुखुसि काम गर्न दिदैन ।

सहकारीमा त्यस्तो छैन जुन बेला सहकारी डिभिजन कार्यालयहरु जिल्ला जिल्लामा सक्रिय थिए त्यो बेला सहकारीहरु केहि हद सम्म नियन्त्रण वा अनुगमनको दायरामा रहेर कार्य सम्पादन गर्ने गरेका थिए तर जब सहकारी डिभिजन कार्यलालयलाइ सहकारी प्रशिक्षालयको रुपमा परिवर्तन सरकारले गरयो तब देखि अनियन्त्रित भएको एक जानकार बताउछन उस्तै त सहकारीमा स्वनिर्णय गर्ने अधिकार छ आफना सिद्धान्त भित्र रहि सदस्यको हितमा सदस्यले संचालन गर्ने संस्था नै सहकारी हो ।

स्थानिय निकाय लाइ बचत तथा ऋण सहकारी वाहेक अन्य प्रकृतिका सहकारीहरु दर्ता गर्ने अधिकार छ । एक वार्डमा १ प्रकृतिका १ सहकारी मात्र रार्खौ त नियमन गर्न स्थानिय निकायलाइ सहज पनि हुने हुन्छ ।

स्थानिय निकायको सहकारी विभागमा जिल्ला सहकारी संघ, विषयगत संघका १,१ जना प्रतिनिधिलाइ मनोनयन गरी स्थानिय निकायमा एक बलियो नियमन समिति बनाउन सकिन्छ जसले प्रतेक महिनामा ४ वटा मात्र सहकारीलाइ नियमन गर्ने , तालिम दिने , सुझाव दिने , नजानेको कुरा सिकाउने आदि इत्यादि गर्नु पर्दछ । अनि मात्र सहकारी शाखाको प्रभावकारी भुमिका हुन सक्छ ।


अहिलेको अवस्थामा सहकारी बाच्नु बचाउनुनै पहिलो प्राथमिकता हो । सहकारीलाई केहि समय कोभिड महामारीले क्षतविक्षत बनायो यो अवस्थामा पनि सहकारीले सहज तरिकाले आफुलाई पार गरयो । सहज तरिकासंग सदस्यका विच आफुलाई दरो तरिकाले उभ्याउन सक्यो किनकि सदस्यहरुको आफनै सहकारी भएकाले सवै लागि परेका थिए ।अहिले आर्थिकमन्दि आर्थिक महामारी फैलिएको छ ।

अमेरिका जस्तो देशका केहि उच्चस्तरिय बैकहरु धरासायी भइ बन्द भएका अवस्था छ । यस विचमा नाफा दिन नसकौला तर कम्तिमा पनि सहकारीलाई कठीनाइ वाट जोगाउन अति आवश्यक छ । दैनिक जसो कर्मचारीसंग सम्बन्ध र मिटिग राख्नुहोस सवै सदस्यहरुको क्षेत्रगत लिष्ट बनाउनु होस र सवैसंग भेटघाट गर्नुहोस कर्मचारी र संचालक विचका सम्बन्धमा परेका दुरी हटाउन संचालक आफै अग्रसर हुन अति आवश्यक छ । कर्जा लिएका सदस्यहरुलाई पनि प्रोत्साहन गर्नुहोस भेटघाट तिब्र गरेमा उनिहरुमा सहकारी प्रति सकारात्मक सोचको विकास हुने छ ।


अहिलेको अवस्थामा केहि बैकहरुलाइ पनि हम्म हम्मे परेको अवस्था छ । लघुवित्त संस्थाहरुले कर्जा सहज गर्ने नाउमा कर्जा परियोजना तथा कर्जा कस्तो के मा लगानि गर्देछौं भन्ने प्रर्याप्त नबुझेर अग्रसर हुदा आज लघुवित्तमा यि समस्य आएका छन ।

सहकारीमा कम्तिमा पनि यो अवस्था छैन सहकारीहरु सदस्य मुखि छन जो सदस्य मुखि भए त्यस्ता खालका सहकारीमा समस्या छैन सहकारीहरु सदस्य मुखि हुने, कर्जा लगानिको आधार हेर्ने उत्पादन मुलक कर्जामा प्राथमिकता दिने ।

कुन सदस्यहरुले कसरी काम गरिरहेका छन दैनिक जसो निगरानि गर्ने, कमजोर हुन लागेका सदस्य हरुलाई विभिन्न तालिम दिने सिकाउने , प्रोत्साहन दिने र आवश्यक परे थप आर्थिक सहयोग गरेर पनि त्यस्ता सदस्यलाई उभोलगाउन सकिन्छ । सदस्य उभो लागे सहकारी स्वतः उभो लाग्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया