‘चोरी, तस्करी नियन्त्रण हुन्छ’

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई चोरी, तस्करी नियन्त्रण तथा शान्ति, सुरक्षाका लागि प्रहरीले तत्पर रहेको धारणा राखेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा बोल्दै महानिरीक्षक राईले प्रहरी चोरी, तस्करी नियन्त्रणमा तत्पर रहेको धारणा राखेका हुन् ।

जनप्रतिनिधि तथा धर्मगुरुहरूको धारणा सुनेपछि शान्ति, सुरक्षाका लागि आवश्यक कदम चाल्ने उल्लेख गरे । महानिरीक्षक राईले जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीहरू शनिबार नै अनुगनम गर्दै आवश्यक निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा बाँके क्षेत्र नं. २ का संघीय सांसद डा. धवल समशेर राणाले जिल्ला सम्हालेको अनुभव रहेका राई प्रदेश प्रहरी प्रमुख भएकाले अझ राम्रो हुने आशा लिएको बताए । सीमा क्षेत्र भएकाले आफ्नै खालका समस्या रहेको उल्लेख गर्दै उनले नगर पर्यटनको दृष्टिले अगाडि बढिरहेको बताए ।

‘बोर्डरबाट आउने पाउनालाई दुःख नदिइयोस्’, सांसद डा. राणाले भने, ‘यहाँ आउने पाहुनालाई चोर जस्तो गरेर खानतलासी गरियो भने कोही आउँदैनन् ।’ उनले भारतबाट आउने पयर्टकलाई विशेष सुविधा दिन आग्रह गरे । डा. राणाले नगरमा लगाइएको सिसिटिभीको व्यवस्थापनको विषय पनि उठाएका थिए । ‘घटना भैसकेपछि सिसिटिभी हेर्दा बिग्रेको छ भने सबैले गाली खानुपर्छ’, उनले भने, ‘सिसिटिभीले धेरै घटनामा सहयोग पुगेको छ, अपटुडेट गर्न जरुरी छ ।’ सांसद राणाले प्रहरी, नगरपालिका र व्यापार संघको सहयोग, समन्वयले सिसिटिभी मेन्टेन हुनुपर्ने बताए ।

सांसद डा. राणाले नगरमा गुण्डागर्दी रोक्ने प्रहरीको जिम्मेवारी रहेको बताए । उनले पहिले यस्ता घटना आफु नगरपालिकामा हुँदा नियन्त्रणमा लिएको बताए । ‘जसले दबाब दिएपनि गुण्डालाई संरक्षण गर्नुभएन, गुण्डालाई संरक्षण गर्नुभएन, समातेर थुनिहाल्नु पर्छ’, सांसद डा. राणाले भने, ‘गुण्डागर्दीले सहर र जिल्ला नै असुरक्षित हुन्छ ।’

प्रदेशसभा सदस्य आदेश कुमार अग्रवालले व्यवसायिक क्षेत्रका समस्या उल्लेख गर्दै दुई बर्ष कारोनाले व्यवसायलाई असर पारेको बताए । उनले खुला सीमानाबाट हुने अवैध तस्करीले व्यवसायी थप समस्यामा परेको बताए ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले स्थानीय सरकार र प्रहरीको सम्बन्ध नङ र मासुको रहेको बताए । उनले एकद्वार सिष्टमबाट सेवाका कार्यहरू गर्नुपर्ने धारणा राखे । उनले क्वीक रेस्पोन्सका लागि संयुक्त टिम आवश्यक रहेको बताएका थिए । ‘नेपालगन्जमा सबैभन्दा ठूलो समस्या ट्राफिक व्यवस्थापनको छ’, नगर प्रमुख विष्टले भने, ‘तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ, यहाँ एउटा यूनिट मात्र छ ।’ उनले ट्राफिक जनशक्ति नेपालगन्जमा बढाउन आग्रह गर्दै त्यसो हुन नसके नेपालगन्जको ट्राफिक व्यवस्थापन हुन नसक्ने बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जिल्लामा रहेको विविधता अवसरसँगै कहिलेकाहीँ चुनौति बन्न सक्ने सम्भावना आंैल्याएका थिए । उनले जिल्लामा शान्ति, सुरक्षा कायम गर्ने दायित्व सबैमा रहने उल्लेख गर्दै शान्ति सुरक्षाका लागि सबै सरोकारवाला पक्ष भएको बताए । कार्यक्रममा कोहलपुरमा चोरीका घटना बढेको भन्दै नियन्त्रणका लागि भूमिका खेल्न प्रहरी, प्रशासनको ध्यानाकर्षण पनि गराइएको थियो ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले लागुऔषध जिल्लामा समस्या बनिरहेको भन्दै त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने तर्फ ध्यानाकर्षण गराएका थिए ।

प्रसिद्ध शक्तिपिठ बागेश्वरीका महन्त चन्द्रनाथ योगीले डिआजीले सम्झिएको उल्लेख गर्दै डिआइजी राई जिल्लामा हुँदा मत जित्न सफल भएको बताएका थिए । उनले डिआइजी राईले सबैलाई समेट्ने कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा धर्मगुरुहरू लगायतलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया